नयाँ संविधानको तीन बर्ष : जनतामा निरासा,नेतालाई फाईदा
काठमाडौं । नेपालको पहिलो संविधानले तेस्रो बर्ष आजबाट पुरा गर्दै छ । जनताको ७० वर्ष भन्दा लामो प्रतिक्षा र पटक पटकको संघर्षपछि जारी भएको संविधान देश र जनताको पक्षमा कार्यान्वयन हुने अपेक्षा गरिएको थियो । तर, जनचाहना अनुरुपको प्रतिफल दिन भने संविधान सफल भएको देखिदैन ।
संबिधान सफल नहुनुमा राजनितीक दल र उनीहरुको ईच्छाशक्ति बाधक बन्दै गएको छ । संविधान जारी भएको तीन बर्ष वितिसक्दा पनि मौलिक हक अन्तर्गतका कानुन फास्टट्रयाक मार्फत पारित हुनुले जनताको परिवर्तनका आकांक्षालाई कसरी सम्वोधन गरिरहेका छन भन्ने छर्लङग हुन्छ ।
संविधानले परिकल्पना गरे अनुरुप संघियताको कार्यान्वयन, अधिकार बाँडफाँड, कानुन निर्माण र जनताका नैसर्गिक अधिकार प्रत्याभुत हुन सकेको छैन । यसो हुनुमा राजनीतिक व्यवस्था परिवर्तन भएपनि नेताहरुको सोंचमा परिवर्तन आउन नसक्नु मुख्य कारण भएको नेताहरु नै बताउँछन् ।
पछिल्लो संविधान २०७२ असोज ३ गते जारी भएको थियो ।
यसअघि जनताले आफ्नो संविधान आफै लेख्ने प्रयास गरेको भएपनि सफल हुन सकेको थिएन । नेपालको संवैधानिक ईतिहासमा सातौ संविधानका रुपमा नेपालको संबिधान २०७२ आउनुअघि ६ पटक बिभिन्न माध्यमबाट संविधान जारी भएको थियो ।
यस अघि नेपाल सरकारको वैधानिक कानुन २००४, नेपालको अन्तरीम शासन विधान २००७, नेपाल अधिराज्यको संविधान २०१५, नेपालको संविधान २०१९, नेपाल अधिराज्यको संविधान २०४७ र नेपालको अन्तरिम संविधान २०६३ जारी भएको थियो ।
नेपालको अन्तरीम संविधान २०६३ ले जनताका अधिकारहरु सुनिश्चित गराउने सवालमा केही सकारात्मक व्यवस्थाहरु गरेको भएपनि त्यो आफैंमा पूर्ण नभएको भन्दै बिभिन्न कोणबाट आलोचना हुन थालेपछि संबिधान सभाले २०७२ को संबिधान जारी गरेको थियो ।
देश संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा गएसंगै राजनितिक दल र नेताहरुले राज्यका बिभिन्न तहमा काम गर्ने अबसर पाएपनि जनतामा भने निरासा मात्रै देखिएको छ । (नेपाल समाचारपत्र )
प्रतिक्रिया