सिता र जीतबहादुरको काठे भाका ‘नौलो गाउँ’ (भिडियो सहित)
काठमाडौं । गायक जीतबहादुर खड्का र गायिका सिता थापाको स्वर रहेको काठे भाकामा आधारित गीतमा ‘नौलो गाउँ’ को भिडियो बजारमा आएको छ । निर्देशक तथा मोडल काजिश श्रेष्ठ र करिष्मा ढकालको निकै उत्कृष्ट डान्सका साथमा बागिना डिजिटल प्रालीको प्रस्तुतीमा उक्त म्यूजिक भिडियो सार्वजनिक भएको हो ।
मौलिक काठे भाकाका सिर्जनाहरु बजारमा निकै कम मात्रामा आइरहेको अवस्थामा सो गीतले अधिक मात्रामा दर्शक तथा श्रोताको मन जित्न सफल भएको छ । खड्काको शब्द तथा सहदेव कोइरालाको लय सिर्जनामा गीत निमार्ण गरिएको छ । भिडियोमा रेशम दलार्मीको छायाँकन, दिपक विष्टको सम्पादन, काजिश श्रेष्ठको निर्देशन रहेको छ ।
प्रतिक्रिया