यौन र सेक्सका कुरा सुन्दा काउकुती लाग्छ
म्युजिक भिडियोमा मोडलिङ शुरु गरेकी रेखालाई घर परिवारबाट पनि कलाक्षेत्रमा लाग्न सपोर्ट छ । सबैको सहयोगका कारण उनी कलाक्षेत्रमा लागेकी छिन् । पछिल्लो समय उनले धमाधम काम पनि पाउन थालेकी छिन् । रेखाको उचाइ होचो भए पनि काममा उचाइ छुन थालेकी छिन् । उदयपुर जिल्लाको गाईघाट स्थायी घर भएकी रेखाका बाबु आमा, भाई, दाई र दिदी छन् । उनी कान्छी छोरी हुन् । प्लस टु अध्ययन गरेकी रेखा दुई दशकी भइन् । रेखा बेली डान्सर पनि हुन् । बेली डान्सकै लागि रेखा परिचित छिन् । उनै रेखासँग गरिएको कुराकानी :
रेखा राई – मोडल
० कति भयो मोडलिङमा लागेको ?
– सानैदेखि गीतसंगीत, नाचगानमा रुचि थियो । तर, मोडलिङमा लागेको चाहिं एक वर्षजति भयो ।
० पहिलो म्युजिक भिडियो याद छ ?
– छ नि ! ‘मेरो नाममा कोरेको पत्र’मा मोडलिङ गरेकी हुँ । गायिका सुमिना लोले गीत गाएको गीतमा मोडलिङ गरेकी थिएँ । पहिलो अभनुव मेरा लागि अत्यन्तै संस्मरण योग्छ । भुल्न सक्छिन ।
० अहिलेसम्म थुपै्र म्युजिक भिडियोमा मोडलिङ गर्नु भयो होला है ?
– धेरै त खेलेको छैन । तर, जतिमा मोडलिङ गरेको छु मेरोतर्फबाट राम्रो गरेको छु । म्युजिक भिडियो हेर्नेहरूले राम्रो छ भनेर प्रतिक्रिया दिने गर्नुभएको छ ।
० स्टेज कार्यक्रमहरूमा कत्तिको बोलाउँछन् ?
– बोलाउँछन् नि, जाने पनि गरेको छु । मैले स्टेज कार्यक्रमहरूमा नृत्य गर्ने गरेकी छु । म स्टेज कार्यक्रमहरूमै अलिक धेरै व्यस्त हुने गरेको छु ।
० कलाकारलाई विदेशमा पनि बोलाउँछन् कार्यक्रमका लागि तपाई जानु भएको छ कि छैन ?
– गएको छु । कतारमा गएर कार्यक्रममा नृत्य गरेको छु । सिक्किम पनि गएको छु । विदेशमा बोलाउनु हुन्छ । स्वदेशका कार्यक्रममा अलिक धेरै बोलावट हुने गरेको छ ।
० विदेश र स्वदेशका कार्यक्रममध्ये धेरै पारिश्रमिक कहाँ पाइन्छ ?
– विदेशमा अलिक धेरै पारिश्रमिक पाइन्छ । नेपालमा पनि पाइन्छ । तर, अलिक थोरै हुन्छ । जे होस् मलाई चित्त बुझ्ने गरेर पारिश्रमिक लिने गरेको छु ।
० विदेशमा कलाकारहरूलाई दुव्र्यवहार हुन्छ भन्छन् नि हो ?
–म त पहिलो पटक कतारमा गएको थिएँ । आयोजक र दर्शक सबैले राम्रो गर्नुभयो । त्यस्तो कुनै दुव्र्यवहार भएको मलाई अनुभव भएन ।
० स्टेजमा नृत्य गर्दा तपाईले लगाउने ड्रेसअप कस्तो हुने गरेको छ ?
– गीतअनुसार ड्रेसअप गर्ने गरेको छु । म बेली नृत्य गर्छु । बेली डान्स गर्दा गुन्युचोली लगाउने कुरा त हुँदैन नि ! गीतको भावअनुसार नै ड्रेस लगाउने गरेको छु ।
० तपाईका तस्बिरहरूमा थोरै कपडा देखिन्छ नि कारण के हो ?
– त्यस्तो थोरै कपडा लगाएको कहाँ देखिएको छ र ? मैले सबै प्रकारको कपडा लगाउने गरेको छु । आफूलाई सुहाउने खालका कपडा लगाउने गर्छु । तपाईले भनेको कुरा मैले बुझेँ । तर, त्यस्तो हेर्नै नहुने कपडा लगाएको छैन ।
० तपाई आफूलाई सुहाउने कपडा कुन हो जस्तो लाग्छ ?
– सबै प्रकारको कपडा लगाउँछु । सबै कपडा सुहाएको जस्तो लाग्छ । विशेष गरेर टुपिस कपडा मलाई सुहाएको भनेर साथीभाईको टिप्पणी आउँछ । तर, मलाई सबै कपडा मन पर्छ ।
० तपाईको सेक्सी कुरा कुन हो ?
– मलाई मेरो ओठ मन पर्छ । तर, शुभेच्छुकहरूले मेरो ‘फिगर’ले चर्चा गर्छन् । कसैले मेरो हिप पनि मन पराउँछन् । शुभेच्छुकहरूको आ–आफ्नो हेराईमा भर पर्ने कुरा हो । यही कुरा सेक्सी छ भन्ने कुरा म कसरी भनुँ ?
० प्रेम प्रस्ताव आउँछ कि आउँदैन ?
– प्रेम प्रस्तावहरू आउँछन् । त्यसलाई धेरै महत्वका साथ लिने गरेको छैन । म आफ्नो करियरमा ध्यान केन्द्रित गरिहेको छु । विशेष गरेर फेसबुक म्यासेञ्जरमा आई लभ यू, व्युटिफुल, हट, सेक्सी आदि म्यासेज र कमेन्ट आउने गर्छ । मैले यी कुराहरूलाई साधारण रुपमा हेर्छु ।
० तपाईले मन पराउने कुनै केटा त होला नि ?
– मन नपर्ने भन्ने पनि हुन्छ र ? मन पर्छ नि ! तर, कुन हिसावले मन पराउने हो त्यो आफूमा भर पर्ने हुन्छ । बिहे गर्ने गरेर मन पराएको भने छैन ।
० बिहे कहिले गर्ने ?
– बिहे गर्ने हो । भाग्यले जहिले जुराउँछ त्यहीले बिहे गरौंला नि । भाग्यलाई विश्वास गर्ने मान्छें हुँ । अहिले नै गरौं भनेर सोचेकी छैन ।
० मोडलिङमा विशेष गरेर महिला कलाकारहरू विवादमा आइरहन्छ । निर्माता, निर्देशक आदिसँग यौनसम्बन्धका कुराहरू जोडिएका हुन्छ ? तपाईको नाम कतै जोडिएको त छैन ?
– अहिलेसम्म त्यस्तो केही भएको छैन । तपाईको शंका जायज छ । मैले पनि सुनेको छु । म मेरै आफ्नै मेहनतले यो ठाउँसम्म आएको हुँ । कसैसँग नाम जोडिएको हुन्थ्यो भने म सायद धेरै माथि जान्थेँ होला । तपाईसँग मेरो भेट हुँदैन थियो कि ? त्यही सम्बन्ध नभएकै कारण तपाईसँगको अन्तर्वार्ताका लागि आइपुगे ।
० यौनसम्बन्धका बारेमा तपाईलाई केही थाहा छ ?
– थाहा छ । यो सामान्य विषय हो । समाचार, टिभी, अनलाइन आदिमा पढ्दै र सुन्दै आएको विषय हो । यसलाई धेरै ठूलो विषयका रुपमा हेरेको छैन ।
० तपाई आफू यौनसम्बन्धामा पर्नु भएको छ कि छैन ?
– अहिलेसम्म अनुभव गरेको छैन । सुन्दा सामान्य लाग्छ । कता–कता कौतुहल्ता पनि लाग्छ । यौन र सेक्सका कुरा सुन्दा काउकुती पनि लाग्छ ।
० फिल्म खेल्ने प्रस्ताव आएको छ कि छैन ?
– प्रस्ताव आउँछ । फिल्म शुटिङ भएको छैन । फिल्म खेल्नभन्दा पनि मोडलिङमै काम गरेर राम्रो कलाकार बनेर चिनिनु छ । ठूलो फिल्मभन्दा सानै कुरामा रमाउन चाहन्छु । पछि कसैले फिल्म खेल्न प्रस्ताव राखे भने खेलौंला ।
० तपाईलाई खाना पकाउन आउँछ ?
– आउँछ । त्यति धेरै राम्रोसँग पकाउन जानेकी छैन । सानोमा हुँदा राम्रोसँग पकाउँथे । कलाकारितातिर लागेपछि पकाउन भुल्दै गएको छु । तर, पकाउन रहर लाग्छ ।
प्रतिक्रिया