कहाँ–कहाँ शुरु भयो आजबाट सुपथ मूल्य पसल ? (मूल्य सूची सहित)
काठमाडौं । सरकारले नेपालीहरुको महान चाड विजया दशमी, तिहार र छठ पर्वलाई मध्यनजर गर्दै आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । सुपथ मूल्य पसल सञ्चालनको नेतृत्व गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उपत्यकासहित देशका विभिन्न ४७ स्थानमा यस्ता सुपथ मूल्य पसल सञ्चालन गर्ने जानकारी दिएको छ । आजदेखि खुल्ने सुपथ मूल्य पसल कात्तिक २३ सम्म सञ्चालन गर्ने विभागको तयारी छ । सुपथ मूल्य पसलको उद्घाटन १२ गते बिहान ११ बजे हुनेछ ।
विभागका अनुसार, नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थान, विभागमा दर्ता भएका सहकारीले आफ्नै तरिकाले त्यस्ता सुपथ मूल्य पसल सञ्चालन गर्नेछन् । कतिपय स्थानमा भने विभागको नेतृत्वमा खाद्य, साल्ट ट्रेडिङ, र दुग्ध विकास संस्थानको संयुक्त पसल सञ्चालन हुँदैछ ।
यसरी सञ्चालन हुने सुपथ मूल्य पसलले विद्यमान मूल्यमा ५ देखि १० प्रतिशतसम्म छुट हुने विभागले जनाएको छ ।
साल्ट ट्रेडिङले आफ्ना व्यापारिक वस्तुमध्ये नुन र चिनी काठमाडौंमा ९ वटा स्टल र ३ वटा घुम्ती पसल र काठमाडौं बाहिर रहेको डिपो र कार्यालय गरी २४ स्थानबाट बिक्रि वितरण गर्नेछ । साल्ट ट्रेडिङको उपत्यकाभित्र र बाहिर गरेर ३६ वटा बिक्रि बितरण केन्द्रहरु रहनेछन् ।
त्यसैगरी डिडिसीले घ्यु, पनिर लगायतका दुग्धजन्य वस्तुहरु काठमाडौंको लैनचौर, न्यूरोड र खुमलटार गरी तीन ठाउँबाट र काठमाडौं उपत्यकाबाहिर हेटौंडाको औद्योगिक क्षेत्र र सालोक चोक, विराटनगरमा कञ्चनबारी र महेन्द्रनगर चोक, जनकपुरमा ढल्केवर र भानुचोक, बुटवलमा एक, नेपालगंज÷ कोहलपुरमा एक र धनगढीमा गरी नेपालभर १२ स्थानबाट विक्रि वितरण गरिनेछ ।
सरकारी पसले र डिलर तथा सहकारीबाट (जो वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा सूचीकरण भएका छन् ।) उनीहरुले विभिन्न छुटको पनि व्यवस्था गरेका छन् । दाल चामल उद्योगले दाल चामलमा ३ प्रतिशत छुट, थोक विक्रेताले ३ प्रतिशत छुट, तेल घ्यू उद्योगले तेल घ्यूमा ३ प्रतिशत, आयातित तेलमा प्रति पाँच लिटरमा १५० रुपैयाँ, चिनी मूल्य अभिवृद्धि करबाहेक प्रतिकेजी ५७ रुपैयाँमा उपलब्ध गराउने, सहकारी उद्योगले उत्पादन गरेको मसलामा १० प्रतिशत छुट रहेको छ ।
खाद्य संस्थानले दिने छुट
प्रतिकेजी ४५ रुपैयाँ पर्ने सोना मन्सुली चामलको ४० रुपैयाँ
६० रुपैयाँ पर्ने जिरा मसिनोलाई ५५ रुपैयाँ
प्रतिकेजी ९१ रुपैयाँ पर्ने बास्मती चामलाई ८१ रुपैयाँ
४८ रुपैयाँ पर्ने गोरखनाथ चामललाई ३८ रुपैयाँ
८० रुपैयाँ पर्ने जापानीज चामललाई ७५ रुपैयाँ
१३० रुपैयाँ पर्ने जुम्ली सिमी चामलको प्रतिकेजी १२० रुपैयाँ
८० रुपैयाँ केजीको जुम्ली तिते फापरलाई ७० रुपैयाँ
खसी बोकाको मासुमा प्रतिकेजी १० रुपैयाँ छुट
साल्ट ट्रेडिङले दिने छुट
२० रुपैयाँ पर्ने नुनलाई १८ रुपैयाँ
चिनीमा ५ रुपैयाँ छुट र आवाश्यकता अनुसार अन्य छुट
दूग्ध विकास संस्थानले दिने छुट
९०० रुपैयाँ पर्ने एकलिटर घ्यूलाई ८५० रुपैयाँ,
प्रतिकेजी ६२० रुपैयाँ पर्ने पनिरको मूलय ६१० रुपैयाँ
आइसक्रिम, दही, लस्सी, केचपजस्ता वस्तुमा पनि छुट
प्रतिक्रिया