नक्कली कागजपत्रका आधारमा लाइसेन्स बिक्रीको धन्दा

liscence

 काठमाडौं। विगतमा लिखित परीक्षा र ट्रायलविना नै यातायात कार्यालयबाट आर्थिक चलखेलका आधारमा लाइसेन्स वितरण हुन्थ्यो । तर, दुवै परीक्षामा कडाइ हुन थालेपछि विदेशी लाइसेन्स नेपालीकरणका नाममा यातायात कर्मचारीले ‘लाइसेन्स बिक्री’को धन्दा सुरु गरेका हुन् ।

कानुनमा कुनै पनि व्यक्तिले अन्यत्र देशमा लाइसेन्स लिएको छ भने नेपालमा फेरि परीक्षा र ट्रायल दिनुपर्दैैन । विदेशी लाइसेन्सलाई नेपालीकरण गर्ने सुविधा छ । त्यही सुविधाको दुरुपयोग गरी लाइसेन्स बिक्री भएको हो ।

लाइसेन्सको नवीकरणका लागि विदेशी लाइसेन्स, सो लाइसेन्स सक्कली भएको सम्बन्धित देशको नेपाली दूतावासबाट प्रमाणीकरण र सम्बन्धित देशमा बसेको पासपोर्ट र भिसाको फोटोकपी पेस गर्नुपर्छ । नक्कली कागजपत्रकै आधारमा यातायात व्यवस्था कार्यालय नारायणीका कर्मचारीले लाइसेन्स नेपालीकरण गरेको आयोगले जनाएको छ ।

यस्ता घटना विगतमा अन्य यातायात कार्यालयमा पनि भएका छन् । यातायात कार्यालय सुकेधारामा त्यसरी ८ सय ५५ वटा लाइसेन्स वितरण गरिएको थियो । प्रतिलाइसेन्स ८० हजार रुपैयाँसम्म लेनदेन भएको अख्तियारको अनुसन्धानमा खुलेको थियो । जसमा कार्यालय प्रमुख रहेका सुन्दर भट्टराई,, शाखा अधिकृत यामलाल ढकाल र नासु यादव पौडेलविरुद्ध गत ६ चैतमा मुद्दा दायर भएको थियो ।
लाइसेन्स नेपालीकरणका लागि प्राप्त निवेदन र सो साथ संलग्न अन्य कागजातहरू र सफल परीक्षार्थीका उत्तरपुस्तिका कम्तीमा एक वर्ष सुरक्षित राख्नुपर्ने प्रावधान छ । तर, त्यसविपरीत एक वर्षअघि नै यातायातका कर्मचारीले कागजपत्र नष्ट गराएका थिए । अख्तियारले छानबिन सुरु गरेलगत्तै उनीहरूले कागजपत्र जलाएका हुन् ।

जसमा कार्यालय प्रमुख रहेका नेपालसहित अधिकृत रेग्मी र नासु अबिन्दर दासको संलग्नता खुलेपछि उनीहरूविरुद्ध भष्टाचार निवारण ऐन, २०५९ को दफा १२ बमोजिम मुद्दा दायर भएको छ ।

(नयाँ पत्रीका )

प्रतिक्रिया

सम्बन्धित