आइआइएमएस कलेजको दशै कार्निभल र फुड फेस्टिवल

naach

 काठमाडौं । आइआइएमएस कलेजले फुड फेस्टिवल सम्पन्न गरेको छ । कलेजले प्रत्यक वर्ष आयोजना गर्दै आएको दशै कार्निभल तथा नेपाल फुड फेस्टिभलको यस बर्ष भने 'Uniting Nepal through a Plate'भन्ने नाराका साथ अयोजना गरिएको थियो ।
भृकुटीमण्डप काठमाण्डौंमा आयोजित फेस्टिबलमा नेपालका ७ वटै प्रदेशका पारम्पारीक भोजनहरुलाई समावेश गराइनुका साथै विभिन्न स्टलहरुबाट विविध मनोरोञ्जक खेलहरु खेलाइएको थियो । फुड स्टलहरुमा राखिएका परिकारहरु मध्ये तराइको भक्का, नेवारी खाजा, दुप्का, सुदुर पश्चिमको छाच तथा पाल्पाली खानामा दर्शकहरुको उल्लेख्य घुँइचो देखिन्थ्यो ।
कार्यक्रममा दुर्गा नाच, कुमारी नाच, घिमे नाच, लाखे नाच, मारुनि नृत्य, कौडा नाच, हुडकेली नाच लगायतका परम्परागत नृत्यहरु प्प्रस्तुत गरिएको थियो । त्यसैगरी कलेजका विद्यार्थीहरुले विविध सांगीतिक प्रस्तुतिहरु प्नि पस्किएका थिए ।
फेस्टिबलको आखिरी सत्रमा केन्जल एण्ड व्याण्ड तथा मंकी टेम्पल व्याण्डले आफ्नो प्रस्तुती दिएका थिए । जसले ठुलो संख्यामा विहानैदेखि उपस्थिति भिडलाई थप उर्जा दिदै सांगितिक माहोललाई नयाँ उचाईमा पु-याएको थियो ।
फेस्टिबलमा काठमाडौं क्षेत्र नं. ७ का सभासद रामविर मानन्धरको विषेश उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सहभागिहरुले फेस्टिबल परम्परा र आधुनिकताको एक सफल सम्मीश्र्रण रहेको वताएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित