अष्ट्रेलियामाथि पाकिस्तानको सनसनीपूर्ण जित
काठमाडौं । टि–ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा पाकिस्तानले अष्ट्रेलियामाथि सनसनीपूर्ण जित निकालेको छ ।बुधबार राति सम्पन्न पहिलो खेलमा पाकिस्तानले
अष्ट्रेलियालाई ६६ रनले पराजित गरेको हो ।
१५६ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलियाले १६.५ ओभरमा नै सबै विकेटको क्षतिमा ८९ रन मात्रै बनाउन सक्यो । अष्ट्रेलियाका ३ जना खेलाडीले दोहोरो अंक बटुले भने बाँकी खेलाडीले दोहोरो अंक पनि बनाउन सकेनन् । अष्ट्रेलियाका नाथन काउल्टर नाइलले ३४, एस्टोन एगरले १९ र क्रिस लिनले १४ रन बनाए पनि अन्य खेलाडी सस्तैमा समेटिए ।
अष्ट्रेलियालाई सस्तैमा समेट्न पाकिस्तानका इमद वासिमले ३, फहिम अश्रफ र शाहिन शाह अप्रिmदीले समान २(२ विकेट लिए ।
अबुधावीस्थित शिख जायद रंगशालामा यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५५ रन बनाएको थियो । पाकिस्तानका लागि बाबर अजामले ६८ र मोहम्मद हफिजले ३९ रन बनाएका थिए ।
प्रतिक्रिया