नेकपाको चियापान कार्यक्रम सम्पन्न , स्वास्थ्यमा आएको समस्याका कारण प्रधानमन्त्री ओली अनुपस्थित
काठमाडौँ–
विजयादशमी, दीपावली, नेपाल सम्बत् र छठका अवसरमा नेपाल कम्युनिष्ट पार्टी नेकपाले आज राजधानीको भृकुटीमण्डपमा चियापान कार्यक्रमको आयोजना गरेको छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकतापछि नेकपाको यो पहिलो चियापान कार्यक्रम हो ।
अपराह्न १२ बजेदेखि ५ बजेसम्म आयोजना भएको कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु, विभिन्न दलका नेता–कार्यकर्ता, सांसद, कुटनीतिज्ञ, कलाकार पत्रकार लगायतका व्यक्तित्वहरुको सहभागिता रह्यो ।
अतिथिहरुलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्ड लगायत शीर्ष नेताहरुले स्वागत गरेका थिए । चियापानमा करीब ५० हजार जनालाई निम्ता दिइएको बताइएपनि २० हजारलाई मात्रै नास्ता तयार गरिएको थियो ।
नास्ताको मेन्यूमा केरा, लड्डू, खस्ता कचौरी, चिया
चियापान कार्यक्रमका लागि नास्ता वानेश्वरस्थित अर्पण ब्याङ्केटबाट मगाइएको थियो भने नास्ताको मेन्यूमा केरा, लड्डू, खस्ता कचौरी, चियालगायत रहेको थियो ।
यस्तै भीआईपी पाहुनाको लागि भने २ हजार स्वान्डविच तयार गरिएको थियो । २ हजार स्यान्डविचमा ३५ किलो चिज र ३५ किलो बटर राखिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमा आएको समस्याका कारण अनुपस्थित
स्वास्थ्यमा आएको समस्याका कारण नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को अध्यक्ष एंब प्रधानमन्त्री केपी शर्मा ओली आज आयोजना गरेको चियापान कार्यक्रममा समेत अनुपस्थित भएका छन् ।
स्वास्थ्यमा समस्या आएकाले ओली कार्यक्रमा सहभागि हुन नसकेको नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिए ।
प्रतिक्रिया