ट्रम्पलाई कहिल्यै माफी दिन्नँ : मिशेल

micel

  काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाकी पत्नी मिशेल ओबामाले अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कहिल्यै माफी नदिने बताएकी छन् । मिशेलले आफैmे लेखेको पुस्तकमा यस्तो उल्लेख गरेकी हुन् । मिशेलको किताब ‘बिकमिङ’ १३ नोभेम्बरमा सार्वजनिक हुँदैछ । ४२६ पृष्ठको पुस्तकमा उनले ८ वर्ष ह्वाइट हाउसमा विताएको समयको चर्चा गरेकी छिन् । यसका अलावा आफ्नो जीवनसँग जोडिएका कयौं व्यक्तिगत विषयको पनि चर्चा गरेकी छन्, जुन अहिलेसम्म सार्वजनिक भएको थिएन ।

पुस्तकमा मिशेलले आफ्नो पति बाराक ओबामाविरुद्ध फैलाएको ‘झुट’का लागि अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कहिल्यै माफी नदिने पनि उल्लेख गरेकी छन् । खासगरी ओबामाको जन्मस्थानबारे ट्रम्पले दिएको अभिव्यक्तिप्रति उनको चित्त दुखेको छ । सन् २०१६ को राष्ट्रपति चुनावका क्रममा ट्रम्पले ओबामा अमेरिकामा नजन्मिएको दाबी गरेका थिए ।

मिशेलले लेखेकी छन्–यदि पागल मानिस बन्दुक लिएर बाशिङटन प्रवेश ग¥यो भने के हुन्छ ? यदि कोही व्यक्ति हाम्रो बच्चाको पछाडि लाग्यो भने के हुन्छ ? डोनाल्ड ट्रम्पको लापरवाही पूर्ण बयानले मेरो परिवारको सुरक्षामा जोखिम ल्याएको थियो । त्यसैले म उनलाई कहिल्यै माफ गर्ने छैन ।’

पुस्तकमा दुई छोरीहरुको जन्मको विषयमा पनि धेरै चर्चा गरिएको छ । मिसेलले पुस्तकमा साशा र मालियाको जन्मका लागि आईभीएफको सहारा लिनु परेको खुलाएकी छन् । अहिले साशा १७ वर्ष र मालिय २० वर्षकी भइन् । पूर्ववकिल र अस्पतालकी प्रशासक समेत रहेकी ५४ वर्षकी मिशेलले पुस्तकमा गर्भधारण गर्ने लगातारको प्रयास सफल नभएको चर्चा गरेकी छन् ।

पुस्तकमा उनले आफ्नो जीवनबारे खुलेर लेखेकी छन् । कसरी ओबामासँग प्रेम भयो त्यो पनि खुलाएकी छन् । शिकागोमा गर्मीको त्यो रातको स्मरण गर्दै उनले लेखेकी छन्–‘जब मैले ओबामाबारे सोच्न र महसुस गर्न सुर गरेँ, म उनको भावनामा डुब्दै गएँ । पूर्ण सन्तुष्टि, विस्मय र कृतज्ञताको भाव थियो ।’

प्रतिक्रिया

सम्बन्धित