मानसिक रोगीसँगै ४० रुपैयाँको टिकेटलाई ४०० लिदै मानसिक अस्पताल
काठमाडौं । सरकारी अस्पतालको मनपरीले गर्दा सर्वसाधरणहरु समस्या परेका छन् । लगनखेलस्थित मानसिक अस्पताल प्रशासनले मनलाग्दी गर्दा उपचारका लागि अस्पताल पुग्ने सर्वसाधरणहरु भने मारमा परेका छन् । अस्पतालले पेइङ क्लिनीकको नाममा विरामी भएर समस्यामा परेका सेवाग्राहिलाई झन समस्या थोपरिदिएको तथ्य सार्वजनिक भएको छ ।
सरकारले विशेषगरी सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी अभ्यासतर्फ आकर्षण घटाउनका लागि भन्दै सरकारले सरकारी अस्पतालमा ४ बजेपछि ‘पेइङ क्लिनिक’ को सेवा चलाएका छ । यस्तो सेवा शुल्क साधारणभन्दा महँगो हुन्छ ।
तर, मानसिक अस्पताल पाटनले भने विहानैबाट पेइङ टिकेट काटेर सेवाग्रहीहरुसँग असुलीरहेको छ ।
मानसिक अस्पतालमा साधारण ओपीडी शुल्क ४० रुपैयाँ हो । तर, अस्पतालले विहानै पेइङ टिकेटको नाममा ४ सय लिए पनि डाक्टरलाई भेट्न भने तिरेर ४ घण्टा कुर्नु परेको एक सेवाग्रहिले बताए । उनले भने ‘बल्ल डाक्टर त भेटियो तर, ३ मिनेट भन्दा समय दिएनन् ।’ हरेक फलोअपमा समेत ४ तिर्नु पर्ने भएपछि मानसिक समास्या भोगेका सेवाग्राहिहरु झन समस्यामा परेका छन् ।
प्रतिक्रिया