भिख मागरे १८ करोडको गाडी ?
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई १८ करोडको गाडी किन्ने सरकारको निर्णयसँगै यतिबेला उनको सर्वत्र विरोध भइरहेको छ । कार्यालयले गाडी खरिदका लागि सरकार समक्ष १८ करोड माग गरेको विषयको चौतर्फी विरोध भएको हो । यहि विरोधका बाबजुद आज केही युवाहरुले राष्ट्रपतिलाई गाडि किनिदिने भन्दै पशुपतीनाथ क्षेत्रमा भिख मागेका छन् ।
‘गरिव जनता खाडीमा, भ्रष्टाचारी सरकार १८ करोडको गाडीमा’, ‘घुम्तीनेर लेट भयो परदेशीको पसिना हजुर राष्ट्रपतिको गाडीमा चेट भयो’, ‘हिजोसम्म हामी दिने थियौं, आजबाट माग्ने भयौं’लगायत लेखिएको ब्यानर बोकेका युवाहरुले राष्ट्रपतिका लागि गाडी खरिद गर्न भन्दै पशुपतिमा आउनेहरुसँग १ रुपैयाँ भीख माग्दै रकम संकलन गरेका हुन् । उठेको रकमबाट गाडी खरिद गरी राष्ट्रपति कार्यालयलाई दिइने उनीहरुले बताएका छन् ।
प्रतिक्रिया