विदेशी मुद्राको अवैध कारोवार गर्ने एक भारतीयसहित दुई पक्राउ

hundi

  पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध रुपमा विदेशी मुद्राको कारोवार गर्ने एक भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ । कास्सी प्रहरीले एक भारतीय पुरुष र एक नेपाली महिलालाई विदेशी मुद्राको अवैध कारोवार गरेको अभियोगमा पक्राउ गरेको हो ।

भारतको बम्वई महाराष्ट्रका ४८ वर्षीय बिनायक कुमार बाबुलाल शाह र काठमाडौं ३५ बस्ने २९ वर्षीया चन्दा थापा ३१ लाख २८ हजार सात सय नौ रुपैयाँसहित पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुलाई पोखराको लेकसाईड स्थित एक होटलबाट पक्राउ गरिएको वडा प्रहरी कार्यालय पोखरा ६ वैदामका प्रमुख प्रहरी नायव उपरीक्षक नविन कार्कीले बताए ।

साथै, उनीहरुको साथबाट डेल कम्पनीको ल्यापटप १ थान, सामसुङ कम्पनीको एण्ड्रोइड मोवाइल दुई थान, सोनी कम्पनीको एण्ड्रोइड मोवाइल एक थान, एमआई कम्पनीको एण्ड्रोइड मोवाइल एक थान, विभिन्न बैङकको एटिएम कार्ड ६ थान, विभिन्न बैङकको चेकबुक चार थान, सोनी कम्पनीको पेन्ड्राइभ एक थान बरामद गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित