मानव हिंसा विरुद्ध क्रियाशिल हौं : सांसद बस्नेत
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता महेश बस्नेतले लैङ्गिक हिंसामा परेका पीडितहरुलाई उचित संरक्षण सहित आवश्यक न्याय दिने र पीडकहरुलाई कडा कारबाही गर्नुपर्ने बताएका छन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य समेत रहेका बस्नेतले आम नागरिकहरुलाई लैङ्गिक हिंसा लगायतका मानव हिंसा विरुद्ध क्रियाशिल हुन सबैमा आग्रह गरे । भक्तपुरमामात्रै ११ महिनामा २६ जना बलात्कारको घटनामा पीडित भएको बताउँदै उनले यस्ता गम्भीर खालका मानवअधिकार हनन् विरुद्ध सबै सचेत हुनुपर्नेमा जोड दिए ।
सार्वजजिक स्थाल, घर, परिवार, कार्यक्षेत्रलगायतका स्थानमा पनि लैङ्गिक हिंसा भइरहेको बताउँदै पूर्व उद्योग मन्त्री बस्नेतले भने–‘महिलामाथि हुने कुनैपनि खाले यौन दुव्र्यवहारका विरुद्धमा शून्य सहनशीलता अपनाउनुपर्दछ ।’
‘लैङ्गिक हिंसा र दुव्र्यवहार : छैन हामीलाई स्वीकार’ भन्ने नारासहित कार्यक्षेत्रमा हुने लैङ्गिक हिंसा अन्त्यको निम्ति २५ नाभेम्बर देखि १० डिसेम्बरसम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालनमा भइरहेको छ ।
कार्यक्रममा सांसद सरस्वती बाटीले महिलामाथि हुँदै आएको कुनैपनि प्रकृतिका हिंसाको अन्त्य गर्न सबै एकजुट हुनेपर्नेमा जोड दिइन् । त्यसैगरी सामुदायिक बन उपभोक्ता जिल्ला महासंघकी सचिव रविना कार्कीले यौनजन्य हिंसा विरुद्ध महासंघका सबै निकायहरुमा सुसूचित गराउने उद्देश्यका साथ १६ दिने अभियान सञ्चालन गरिएको बताइन् ।
प्रतिक्रिया