अमेरिका र चीनबीच नयाँ सहमति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच अर्जेन्टिनामा भेटवार्ता भएको छ। जि २० सम्मेलनमा सहभागी हुन अर्जेन्टिना पुगेका ट्रम्प र सीबीच शनिवार भएको भेटवार्तामा अमेरिका र चीनले एकअर्कामाथि लगाएको कर हटाउने सहमति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। जनवरी १ देखि लागु हुनेगरी ९० दिनका लागि कर हटाउने सहमति भएको बीबीसीले जनाएको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ सामग्रीमाथि कर लगाएपछि दुई देशबीच व्यापार युद्धको अवस्था सिर्जना भएको थियो। जवाफमा चीनले पनि अमेरिकी सामानमा कर लगाएको थियो।
दुई देशबीच ‘व्यापार युद्ध’ सुरु भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति शी जिनपिङ पहिलो पटक अर्जेन्टिनाको राजधानीमा भेटेका हुन् । जी–२० सम्मेलनपछि भएको भेटमा नयाँ ब्यापार शुल्क लागू नगर्ने सहमति भएको अमेरिकाले जनाएको छ । चीनले भने जनवरी एकबाट कुनै पनि नयाँ ब्यापार शुल्क नथप्ने सहमति भएको बताएको छ ।
अमेरिकाले २०० बिलियन डलर बराबरको चिनियाँ सामानमा जनवरी १ बाट २५ प्रतिशत कर लगाउने घोषणा गरेको थियो । जबकी यो हाल १० प्रतिशत मात्र छ । त्यसको बदलामा चीनले पनि ११० बिलियन डलर बराबर अमेरिकी सामानमा शुल्क लगाउने घोषणा गरेको थियो ।
प्रतिक्रिया