एनआई सी एशियाको डेबिट र क्रेडिट कार्डमा क्यास ब्याक योजना
काठमाडौं । एनआई सीएशिया बैंकले नेपालभित्र भिषाको सहकार्यमा पिओएस मेसिनमा यस बैंकको भिषा डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्दा पैसा फिर्ता योजनाको शुरुवात गरेको छ । यो योजना डिसेम्बर २०१८ देखि जनवरी २०१९ सम्मको लागिमात्र लागू हुनेछ ।
यस अवधिमा एनआई सीएशिया बैंकको भिषा डेबिट वा क्रेडिट कार्डका ग्राहकले पिओएस मेसिनमार्फत कुनै किसिमको सामान वा सेवा खरिद गर्दा पहिलो पाँचवटा कारोबारमा प्रत्येक महिना निम्नानुसारको क्यास ब्याक पाइने बैंकले जनाएको छ ।
प्रथम कारोबारमा कारोबार रकमको २% वा बढिमा रु. १००/–
दोस्रो कारोबारमा कारोबार रकमको ४% वा बढिमा रु. २००/–
तेस्रो कारोबारमा कारोबार रकमको ६% वा बढिमा रु. ३००/–
चौथो कारोबारमा कारोबार रकमको ८% वा बढिमा रु. ४००/–
पाँचौ कारोबारमा कारोबार रकमको १०% वा बढिमा रु. ५००/–
एक महिनामाप्रति कारोबारको आधारमा एक महिनामाप्रत्येक ५ सफल कारोबारमा मात्र क्यास ब्याक हुनेछ ।
एक महिनामाप्रति कारोबारको आधारमा एक महिनामाप्रत्येक ५ सफल कारोबारमा मात्र क्यास ब्याक हुनेछ ।
मुलुकभर २६८ शाखा कार्यालयहरु, २७६ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदान गर्दै आएको मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक एनआईसीको वासलातको आकार २१२ अर्ब भन्दा बढि पुगेको छ । कुलनिक्षेप करिब १६९ अर्ब तथा कर्जा १४४ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ एनआईसी एशिया बैंक । हालसम्म यस बैंकमाग्राहकको संख्याकरिब १३ लाख ५०हजार रहेको छ ।
प्रतिक्रिया