निर्मला पन्तका दोषीलाई कारबाहीको माग गर्दै नेविसंघले गर्यो काठमाडौंमा प्रदर्शन
काठमाडौं । कंचनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका दोषीलाई कारबाहीको माग गर्दै नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ताले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
काठमडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि मंगलबार बिहान सडकमा नेविसंघका नेता तथा कार्यकर्ताले निर्मलालाई न्याय माग्दै पोस्टर प्रदर्शन गरेका हुन् । उनीहरूले निर्मलालाई न्याय माग गरेर आसपासका क्षेत्रमा पोस्टर समेत टाँसेका थिए ।
निर्मला पन्तका हत्याराहरूलाई सरकारले नै संरक्षण गरेको नेविसंघका कार्यकर्ताको आरोप छ । उनीहरूले तत्काल दोषीलाई पक्राउ गरेर सार्वजनिक गर्न माग गरेका छन् ।
निर्मलालाई न्याय माग गरेर टाँसिएका पोस्टर प्रहरीले च्यातेपछि आक्रोशित बनेका सर्वसाधारणले सरकारविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।
प्रतिक्रिया