राजदूत लक्की शेर्पामाथि छानविन गर्न कांग्रेसको माग
काठमाडौं। प्रमुख प्रतिपक्ष कांग्रेसले अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि छानविन गर्न माग गरेको छ । शेर्पा मानव तस्करीमा संलग्न रहेको कुरा बाहिर आएपछी कांग्रेसले सरकारसँग जवाफ मागेको छ ।
‘यो विषय हामीले गम्भीर रुपमा लिएका छौँ । निजकै सहयोगीले यो विषय सार्वजनिक गरेको साता दिन भइसक्दा समेत नेपाल सरकारले गम्भीर चासो प्रकट गरी अनुसन्धान नथाल्नु र मौनता राख्नुलाई हामीले झनै गम्भीर र दुःखद रुपमा लिएका छौं’ काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन् ।
‘कुनै पनि देशमा प्रतिनिधित्व गर्ने राजदूत व्यक्तिगत जागिर नभई सिंगो राष्ट्र र राष्ट्रकै छविको प्रतिनिधित्व गर्ने गरिमामय जिम्मेवारी हो । अतः राजदूतका बारेमा उठेको प्रश्न उपर तत्कालै सत्य तथ्य निरुपण गर्ने कर्तव्य नेपाल सरकारको रहेको स्मरण हामी गराउन चाहन्छौं’ प्रवक्ता शर्माले बुधबार विज्ञप्ति जारी गर्दै भनेका छन् ।
प्रतिक्रिया