कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ
बारा ।कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त बारा कलैया उपमहानगरपालिका- १२ सितलपुर बस्ने २५ बर्षीय लड्डु भन्ने राजकिशोर गिरीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
गिरी समेत भएको २०७३ पुस १० गते साँझ बारा साविक करैया गाविस ८ स्थित सहजनाथ सामुदायिक वनमा भारत विहार मोतीहारीका २७ वर्षीय अरुण राम र १९ वर्षीय दिपक रामलाई घाँटी रेटेर हत्यागरी फरार भएका थिए ।
गिरीलाई बारा महागढीमाई नगरपालिका-१ सिमरा तेलगछिया टोलमा लुकीछिपी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उनलाई फेला पारी पक्राउ गरेको हो । गिरीलाई प्रहरीले बारा जिल्ला अदालतमा पेश गरेको छ ।
प्रतिक्रिया