बिनाले प्रचण्डका ज्वाइँको कुरा नमानेपछि खुमलटारमा खैलाबैला

binaa

 काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री विना मगरले नेकपाका नेता लेखराज भट्टको कुरा नसुनी बिचौलीयाहरूको प्रभावमा पर्दै गएकी छिन् ।  

खानेपानी संस्थानको महाप्रबन्धक भुपेन्द्रप्रसादलाई भ्रष्टाचारको आरोपमा बर्खास्त गरेपछि मन्त्री मगरले मन्त्रालयका प्राविधिक उपसचिव लीलानाथ ढकाललाई नियुक्त गरेकी छिन् ।

भट्टले संस्थानभित्रैबाट महाप्रबन्धक बनाउन सुझाव दिए पनि उनले अटेर गरेका छन् ।

मन्त्री बिना मगर पछिल्ला दिनमा भाइकाजी घिमिरे र दाहाल थरका एक पत्रकारको चंगुलमा परी नेतृत्वले दिएको निर्देशन विपरीत चल्ने गरेको आरोप छ । घिमिरेहरूको प्रभावमा परी उनले खानेपानी विभागको महानिर्देशकमा सुनिल दासलाई बनाएकी छिन् ।

बिनाका परिवारिक सदस्य नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ जीवन आचार्यले विभागका अर्का सहसचिव मनोज घिमिरेलाई महानिर्देशक बनाउने तयारी गरे पनि बिचौलियाको सल्लाहमा हतार हतारमा दासलाई बनाइन् ।

विभागका महानिर्देशक तेजराज भट्टलाई सरुवा गरी दासलाई ल्याएकी हुन् । खानेपानी मन्त्रालयका हरेक निर्यायमा घिमिरेहरूकै सल्लाहमा मन्त्री मगर चल्ने गरेपछि परिवारभित्र पनि उनको कार्यशैलीप्रति असन्तोष छाएको छ ।सांघु साप्ताहिक

प्रतिक्रिया

सम्बन्धित