४५ हजारमा नक्कली लाइसेन्स बेच्ने पक्राउ

pakrau

  पोखरा । कास्की प्रहरीले लाइसेन्स बनाईदिने भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले उनलाई लेकसाइडबाट पक्राउ गरेको हो । प्रहरीले लाइसेन्स बनाइदिने भन्दै नक्कली लाइसेन्सको कागज दिँदै ठगी गरेको आरोपमा पर्वतका सरोज चपाईं क्षेत्रीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा चपाईंले लाइसेन्स बनाइदिने प्रलोभन देखाउँदै विभिन्न व्यक्तिबाट ३५ देखि ४५ हजार रुपैयाँसम्म ठगी गरेको उजुरी परेको थियो । सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको कास्की जिल्ला प्रहरी प्रमुख एसपी ओम रानाले माइन्यूज नेपाललाई बताए ।

प्रहरीका अनुसार चपाईंले नक्कली फेसबुकमार्फत कुराकानी गरेर विभिन्न व्यक्तिबाट रकम असुली गरेको प्रमाणसहित पीडितले प्रहरीमा जाहेरी दिएका थिए । चपाईंले म्याग्दीका सुरेश खत्री, डेकप्रसाद श्रेष्ठ, मदन श्रेष्ठ, टंकलाल श्रेष्ठ लगायतबाट लाइसेन्स बनाइदिने भन्द्र नक्कली लाइसेन्स बनाएर ठगी गरेको आरोप छ । प्रहरीले चपाईंको कोठाबाट अन्य २ जनाको नक्कली लाइसेन्स समेत फेला बरामद गरेको छ । चपाइंमाथि थप अनुसन्धान भइरहेको एसपी रानाले बताए ।

प्रतिक्रिया

सम्बन्धित