बिपिन र नम्रतालाई प्रसाद बन्यो, चलचित्र ‘प्रसाद’

 

   12121

 

नेपाली सिनेमा क्षेत्रका छुट्टै कला भएका नायक हुन बिपिन कार्की । पशुपतीप्रसादबाट भष्मे डनको रुपमा दर्शकमाझ चिनिएका विपिन अब्बल र जीवन्त अभिनयका कारण चिनिन्छन् । सर्लक्क परेको जिउ भएतापनि चल्तीका नायकहरुभन्दा भिन्न स्वभाव र स्वरुपमा देखिने विपिनले आफुलाई यस क्षेत्रमा राम्रैसंग स्थापित गरेका छन् ।
‘उनले फिल्म खेल्योकी हिट हुन्छ’ भन्ने मानसिकता बसिसकेको थियो । तर पछिल्ला केही समय उनका एकपछि अर्को गर्दे फिल्महरु असफल भए । त्यसकारण अब विपिन पनि चल्न छोडे भन्ने टिकाटिप्पणीहरु हुने गर्थे । १७ लाख सम्म पारिश्रमिक लिएका विपिनको करियरकै लागि पनि उनलाई जबरजस्त हिट फिल्मको खाँचो थियो जुन पुरा गरिदिएको छ ‘प्रसादले’ ।

शुक्रबारबाट रिलिज भईरहेको यस फिल्मले व्यापारमात्र होईन दर्शक र समिक्षकबाट राम्रो चर्चा पाएको छ । दर्शकहरुले विपिनको कामको प्रशंसा गरेर थाकिरहेका छैनन् । सरल कथामा उत्कृष्ट प्रस्तुती र कलाकारहरुको बेजोड अभिनयले प्रसादले यतिबेला सबैबाट वाहवाही कमाएको छ । मात्र २ दिनमा १.१५ करोड कलेक्सन गरेको यस फिल्मले विपिनलाई ठुलो राहत दिएको छ ।

त्यसोत यो राहत विपिनलाई मात्र होईन नायिका नम्रता श्रेष्ठलाई पनि मिलेको छ । नोभेम्बर रेनपछि सफल फिल्म दिन नसकेकी नम्रताको करियरका लागि पनि हिट फिल्मको खाँचो थियो जुन प्रसादले पुरा गरिदिएको छ । उनको पछिल्ला फिल्महरु क्लासिक र पर्वले भने जस्तो कलेक्सन गर्न नसकेपछि सुन्दरी र अभिनयमा पनि रुचाएकी नम्रतालाई अब भने फिल्ममा लक लाग्न छोडेको भन्ने विश्लेषण हुने गरिएको थियो ।

तर प्रसादको सफलता र फिल्ममा उनको अभिनयले दर्शकको मन जितेको छ । आधुनिक युवतीको उनलाई पर्दामा देख्दै आएका दर्शकले उनलाई फरक भुमिकामा देख्न सक्छन् झन्डै–झन्डै फुत्किनै लागेको स्टारडम नम्रतालाई प्रसादले फर्काएको छ । यसरी हेर्दा विपिन र नम्रतालाई ‘प्रसाद’ साच्चिकै प्रसाद भयो ।

प्रतिक्रिया

सम्बन्धित