सेनाको कल्याणकारी कोषमा मन्त्रीका आँखा

ishwor

   काठमाडौं । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाभित्र आफ्नो हस्तक्षेप बढाउँदै लगेका छन् । पोखरेलले सेनाभित्रको सरुवा, बढुवादेखि कल्याणकारी कोषभित्र आँखा गाडेको स्रोतको भनाई छ । त्यति मात्रै होइन रक्षामन्त्री पोखरेलले सेनाले सञ्चालन गरेका विद्यालयमा विद्यार्थी भर्नामा जानकारी लिएर सेनालाई विवादमा ल्याउन खोजेको रक्षा मन्त्रालयमा चर्चाको विषय बनेको छ ।

रक्षामन्त्री थापाको कार्यशैलीबाट प्रधानसेनापति रुष्ट बनेको पनि स्रोतको भनाई छ । रक्षामन्त्री पोखरेलले पछिल्लो समय सेनाको कल्याणकारी कोषमा आँखा लगाएका छन् । पोखरेलले कोषको रकम विकास निर्माणमा लगाउन प्रधानसेनापतिलाई दवाव दिइरहेका छन् । स्रोतका अनुसार कोषको रकम विकास निर्माणमा लगाउँदा न्यूनतम दश प्रतिशत कमिशन आउँछ । त्यो कमिशन भनेको बैधानिक हुन्छ । मन्त्री पोखरेलको यो चर्तिकलाबाट सेनाका उच्च अधिकारीहरू चिन्तित बनेका छन् ।

सेनाले सञ्चालन गरेका सडक निर्माण र विकास कार्यक्रमहरूमा पनि मन्त्री पोखरेलले आँखा लगाएका छन् । पोखरेलले ती आयोजनाहरूबाट आउने कमिशनमा पनि ¥याल चुहाएको चर्चा छ । सेनाभित्रको ठेक्कापट्टा र आर्थिक कारोबारहरू आफू निकटकालाई दिन मन्त्री पोखरेलले दवाव दिने गरेको आरोप छ । प्रधानसेनापति र रक्षामन्त्री पोखरलेबीच सम्बन्ध राम्रो रहेको देखिए पनि भित्रभित्रै मारामारको अवस्था रहेको स्रोतको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित