नेकपा स्थायी समिति बैठक : अध्यक्षद्वयको २२ पृष्ठ लामो प्रतिवेदन पेश
काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी स्थायी समिति बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीको प्रतिवेदन पेश भएको छ ।
शनिबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा अध्यक्षद्वयको २२ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश भएको हो ।
प्रतिवेदनमा ऐतिहासिक पार्टी एकता, संगठनात्मक एकीकरण, सरकार सञ्चालनका नौ महिना, राष्ट्रिय राजनीतिक परिस्थिति, राजनीतिक दलहरुको भूमिका, केन्द्रीय सचिवालयहरुको निर्णयहरुको अनुमोदन, पार्टीका आन्तरिक जीवनलाई व्यवस्थित बनाउने सम्बन्धमा र आगामी कार्यभार लगायत शिर्षकमा ब्याख्या गरिएको छ ।
यस्तै बैठकले नुवाकोटको दुप्चेश्वरमा भएको दुर्घटनाप्रति पनि खेद प्रकट गर्दै मृतकप्रति समवेदना प्रकट गरेको छ । शनिबार प्रस्तुत प्रतिवेदनबारे छलफलका लागि पुस २ गते बिहान ११ बजे बैठक बोलाइएको नेकपाले जनाएको छ ।
बैठकमा नेता गौतमले लिखित रुपमा आफ्नो मत राख्ने अनुमति मागेका थिए । अध्यक्षद्वयले सहमति जनाएपछि उनले १६ पृष्ठको प्रस्ताव स्थायी कमिटी सदस्यहरुलाई दिएका छन् ।
‘पार्टी विधि, पद्धतीबाट चल्नुपर्छ, पार्टीले सरकार चलाओस् भन्ने उनको जोड छ’ गौतमको प्रस्तावबारे एक नेताले भने, ‘मुख्य जोड एउटा अधक्ष्य सरकार र अर्को अध्यक्षले पार्टी संगठन चलाउनु पर्नेभन्ने छ ।
प्रतिक्रिया