गिरीको निधनप्रति प्रधानमन्त्री र थापाद्धारा दुःख व्यक्त

tulshi giri

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको निधनले आफूलाई दुःख लागेको बताएका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पनि प्रेरणाश्रोत र मार्गदर्शक गुमाएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले मंगलबार सामाजिक सञ्जाल ट्विटर पोष्ट गर्दै भनेका छन्–‘पूर्व प्रधानमन्त्री तुलसी गिरीको निधन भएको खबरले मलाई दुःख लागेको छ । यस घडीमा स्वर्गीय गिरीप्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समेवेदना व्यक्त गर्दछु ।’

थापाले भने वरिष्ठ राजनीतिज्ञ डा. गिरीको निधनबाट देशले निष्ठावान राष्ट्रवादी नेता गुमाएको बताएका छन् । मंगलबार थापाले शोक विज्ञप्तिमा जारी गरी डा. गिरीको निधनले आफू स्तब्ध र मर्माहत भएको उल्लेख गरेका छन् । शोक विज्ञप्तिमा लेखिएको छ–‘निष्ठा, आदर्श र स्पष्ट वैचारिक मान्यता उहाँका जीवन दर्शन थिए, आफ्नो अनुकूलतामा विचार र दर्शन परिवर्तन गर्न उद्धत समकालीन नेपाली राजनीतिमा डा। गिरी बरु एक्लो हुनुभयो तर मान्यता परिवर्तन गर्नु भएन ।’ गिरीको ९३ वर्षको उमेरमा मंगलबार विहान बुढानीलकण्ठस्थित निवासमा निधन भएको हो । उनको पार्थिव शरीर अन्तिम श्रदाञ्जलीका लागि निवासमै राखिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित