कांग्रेसमा अब ११ जना पदाधिकारी

congress

   काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारीको संख्या ११ पुर्‍याउने भएको छ । पदाधिकारीहरुको विषयलाई लिएर संस्थापन पक्ष र पौडेल पक्षबीच तभेद रहँदै आएको अवस्थामा पदाधिकारीको संख्या ११ पुर्‍याउने सहमति भएको हो । पदाधिकारीमा सभापतिसहित दुई उपसभापति, तीन महामन्त्री, चार सह–महामन्त्री र एक कोषाध्यक्ष राख्ने सहमती भएकाे स्रोतले जनाएको छ ।

अहिले कांग्रेसमा सभापतिसहित ५ जना पदाधिकारी रहने व्यवस्था छ। तर, पौडेल पक्षले पदाधिकारी संख्या बढाएर ११ जना पुर्‍याउनुपर्ने मत राखेको थियो भने देउवा पक्षले त्यसलाई अस्वीकार गर्दै आएको थियो । सोमबार साँझ भएको छलफलमा पदाधिकारी संख्या थप्न सभापति देउवा लचक भएपछि संख्या टुंगो लागेको हो। तर, महाधिवेशबाट प्रत्यक्ष निर्वाचित भने ५ जना मात्र हुने भएका छन्।

११ पदाधिकारीमध्ये चार जना (सभापति, एक उपसभापति, दुई महामन्त्री र कोषाध्यक्ष) को प्रत्यक्ष चुनाव हुनेछ भने चारै जना सह–महामन्त्री समावेसी कोटाबाट ल्याइने भएको छ। एक जना उपसभापति र एक जना महामन्त्री केन्द्रीय समितिले टुंगो लगाउने बताइएको छ । तर, यसको निर्णय भने भइसकेको छैन । पदाधिकारी संख्याबारे अन्तिम टुंगो लगाउन बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ।

प्रतिक्रिया

सम्बन्धित