प्रधानन्यायाधीशमा सिफारिस राणाविरुद्ध उजुरी दिन आह्वान

cholendra

   काठमाडौं । संसदको संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्र शमशेर राणाविरुद्ध उजुरी आह्वान गरेको छ । संवैधानिक प्रावधानअनुसार प्रधानन्यायाधीशमा सिफारिस व्यक्तिबारे संसदीय सुनुवाइ हुनुपर्छ । यही व्यवस्था अनुसार, समितिले सुनुवाइ प्रक्रियाका लागि उजुरी आह्वान गरेको हो ।

संवैधानिक परिषदले गत मंसिर २७ गते चोलेन्द्रको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । समितिले राणा प्रधानन्यायाधीशमा नियुक्तिका लागि योग्य नरहेको कुनै कारण भए स्पष्ट आधारसहित उजुरी गर्न सबैमा आग्रह गरेको छ ।

उजुरी पुस ११ गते कार्यालय समयभित्र सोझै उपस्थित भएर या फोन तथा इमेलमार्फत् पठाउन सकिने समितिले जनाएको छ ।उजुरीकर्ताले स्पष्ट परिचय खुलाएर उजुरी दिनुपर्नेछ । उजुरीकर्ताले चाहेमा परिचय गोप्य राखिने भन्दै आयोगले ढुक्क भएर उजुरी गर्न आह्वान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित