देउवाले हनुमानलाई उचाल्दा विधानमा असहमति

deuwa

 काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार साँझ शीर्ष र प्रभावशाली नेतासँग गरेको सहमति उल्टाएका छन् । सहमति अनुसार सभापति १, उपसभापति, महामन्त्री र सहमहामन्त्री २÷२ जनामा सबै निर्वाचित गर्ने र कोषाध्यक्ष र प्रवक्ता १/१ जनालाई भने सभापतिले मनोनित गर्ने भनिएको थियो ।

 तर बुधबार दिउँसो १२ बजेदेखि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको केन्द्रीय कार्य समिति. बैठकमा उनी पक्षधर नेताहरु केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, बीरबहादुर बलायर, किशोरसिंह राठौर, महेन्द्र यादव, सीता गुरुङ र महालक्ष्मी उपाध्याय डिनाले पदाधिकारीमा समानुपातिक प्रतिनिधित्व हुनुपर्ने भन्दै अड्डी कसेका छन् ।

 उनीहरुले अवरोध र असहमति जनाउँदा समेत शर्माले कसैलाई पनि रोकेनन् । बैठक बाहिर डिना र सिताले भने सभापति देउवाले यस्तो सहमति कार्यान्वयन गर्न खोजेमा आफूहरु पनि सभापति मा उम्मेदवार बन्ने चेतावनी दिएका थिए । उनीहरुकै भनाईमा लोलीमा बोली मिलाउँदै राष्टपति विद्यादेवी भण्डारीका सम्धिनी किरण यादवले समेत समानुपातिक पदाधिकराीमा हुनु पर्ने माग गरिन । १० बर्षअघि सांसद हुँदा कांग्रेसका क्रियाशिल सदस्यता लिएको १० बर्ष पनि भएको थिएन ।

प्रतिक्रिया

सम्बन्धित