विश्व च्याम्पियन महर्जनलाई थाइल्याण्डमा सम्मान
काठमाडौं । थाइल्याण्डको चाङमइमा सम्पन्न १० औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्ण विजेता महेश्वर महर्जन नगदसहित सम्मानित भएका छन् ।
स्वर्ण विजेता महर्जनलाई थाई नेपाली संघले नगद एक लाख रुपैयाँसहित सम्मान गरेको हो । बैंककको होलिडे होटलमा आयोजित कार्यक्रममा स्वर्ण विजेता महर्जनलाई सम्मान गरिएको संघका अध्यक्ष कुमार कार्कीले बताए ।
दुई साता अघि महेश्वरले पुरुष ७५ केजी तौल समूहमा भारतका खेलाडीलाई पछि पार्दै स्वर्ण जितेका थिए । महेश्वरले अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई स्वर्ण पदक दिलाएको यो दोस्रो पटक हो । महेश्वरले २०१६ मा भूटानमा भएको ५० औँ एशियन बडी बिल्डिङ एण्ड फिजिक स्पोर्टमा पनि ७५ केजी तौल समूहमा स्वर्ण जितेका थिए ।
प्रतिक्रिया