हनुमन्ते सफाई अभियानको ४४ औ हप्ता ,१३वटा खण्डबाट एकैसाथ सफाई सम्पन्न

H
भक्तपुर ।
हनुमन्ते सफाई अभियानको ४४ औ हप्ता तथा अरनिको राजमार्ग एक महिने सफाई अभियानको तेस्रो चरणको अन्र्तगतको सफाई अभियान आज १३ स्थानबाट एकैसाथ सफाई कार्यक्रम गरेर सम्पन्न भएको छ । कार्यक्रम खेलकुदप्रेमी, समाजसेवी एवम् नेपाली काग्रेस भक्तपुर जिल्लाका युवा नेता अष्ट कुमार कवेको प्रमुख आतिथ्यमा सम्बन्धीत वडाका जनप्रतिनिधिहरुको नेतृत्व एबम् हनुमन्ते सफाई अभियानका अभियन्ताहरुको अगुवाईमा भक्तपुरको राधे राधे देखि साँगा चोकसम्मको सफाइ गरि  सम्पन्न गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको बिशेष संयोजनमा संचालन भईरहेको हनुमन्ते नदी सफाई अभियान र जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा भइरहेको अरनिको राजमार्ग सफाई अभियानलाई सम्बोधन गर्दै सांसद बस्नेतले अरनिको राजमार्ग क्षेत्र लगायत हनुमन्ते नदी आसपासका क्षेत्रमा फोहर नगर्न आग्रह गरेका छन् । बस्नेतले अटेर गर्दै जथाभावी फोहर फाल्नेलाई कडा कारवाही गरिने समेत बताए ।

H3


अभियानलाई व्यवस्थित तथा प्रभावकारी बनाउनका लागि सम्बन्धीत ठाउँका वडाध्यक्षको नेतृत्वमा सम्बन्धीत ठाउँका संघ संस्था, विद्यालय, समुह, होटल व्यवसायी, जनप्रतिनिधि, स्थानीयवासी, सरोकारवाला निकायकासँगको सहकार्यमा अभियान अगाडि बढाईएको थियो ।

H1
कार्यक्रममा राधेराधे चोकमा सूनपा वडा नं-४ का वडाध्यक्ष उत्तम थापा,सिर्जनानगर चोकमा सूनपा वडा नं- १ का वडाध्यक्ष सानुकाजी कायस्त, सल्लाघारी चोकमा सूनपा - ५ का वडाध्यक्ष राजकुमार जोशी, चुनदेवी चोकमा सूनाप वडा नं-३ का वडाध्यक्ष शिवशरण खत्री, घलाते चोकमा सूनपा वडा नं- ६ का वडाध्यक्ष रामेश्वर धोजु, सूर्यविनायक चोकमा सूनपा वडा नं-७ का वडाध्यक्ष रविन्द्र सापकोटा,आदर्शचोकमा संयोजक तारा बस्नेत, हरिशरण बस्नेत, जगाती चोकमा सूनपा वडा नं- ८ का वडाध्यक्ष किरण थापा, भातेढिकुरो चोकमा जिसस सदस्य श्रीराम बेन्जु, बाँसघारी चोकमा जिसस सदस्य गीता देउजा, नलिनचोकमा सूनपा वडा नं- ९ का वडाध्यक्ष उपेन्द्र केसी,जोरपार्टी चोकमा संयोजक सूनपा - १० का वडाध्यक्ष शिव राउत, पलासे चोकमा संयोजक विनय महत लगाएतको सहभागिता रहेको  थियो ।

सफाई अभियानमा सुर्यबिनायक नगरपालिका प्रमुख तथा हनुमन्ते नदी सफाई अभियानका संयोजक बसुदेव थापा, हनुमन्ते नदी सफाई अभियानका सह संयोजक एबम् सुर्यबिनायम नगरपालिका उपप्रमुख जुना बस्नेत, हनुमन्ते सफाई अभियानका सह संयोजक एबम् मध्यपुर  नगरपालिका उपप्रमुख अन्जना देवी मधिर्कमी ,प्रदेश सभा सदस्य मननिय प्रतिमा श्रेष्ठ, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारि नारायण प्रसाद भट्ट हनुमन्ते सफाई अभियानका उत्प्रेरक रुद्र पौडेल युवा ब्यबसायी एबम् नेता रोमन सिलाकार, राष्टिय फुटबल खेलाडी उपेन्द्र मान सिंह ,अनुगमन संयोजक मदन घिमिरे , पातञ्जल योग समिती नेपाल का अध्यक्ष नबराज काफ्ले ,लगायत नेपाली सेना नेपाल, प्रहरी सशस्त्र प्रहरी, वेभ ग्रप , नेप्सेम्यक ,नेपाल फुलबारी लगायत बिभिन्न संघसस्था र स्थानीय  गरी करिब २५०० जनाको उपस्थितीमा ७ टन फोहर संकलन गरीएको अभियानका उत्प्रेरक रुद्र पौडेल बताए ।

प्रतिक्रिया

सम्बन्धित