नयाँ वर्षमा स्याङयोङ गाडीमा छुटैछुट

ims_1

    काठमाडौं । नेपालका लागि स्याङयोङ मोटर्सको आधिकारिक विक्रेता आईएमएस ग्रुप अन्तर्गतको आईएमएस मोटर्सले नयाँ वर्षको उपलक्ष्यमा ‘स्याङयोङ नयाँ वर्ष मेगा एक्चेन्ज’ योजना ल्याएको छ । यस योजना अन्र्तगत ग्राहकहरुले आफ्नो कुनै पनि गाडीसँग स्याङयोङ ब्राण्डको नयाँ एसयूभी साट्न सकिने कम्पनीले जनाएको छ । यसरी पुरानो गाडीको सट्टा गर्दा नयाँ गाडी खरिद गर्दा ग्राहकहरुले ४ लाख सम्मको छुट पनि पाउन सक्नेछन् ।

एक्सचेन्ज अफरमा कम्पनीले १ बर्षको निशुल्क बिमा, पुरानो गाडिको स्पटमै उत्कृष्ट मूल्यांङ्कन, फाईनान्सको सुविधा, आर्थिक वर्ष २०७५÷७६ को रोड ट्याक्स तिर्न नपर्ने, ३ वर्षको वारेन्टी (६०,००० कि मी सम्म), ५ बर्ष सम्म निःशुल्क सर्भिसिङ्ग, गाडीको अतिरिक्त सामान निःशुल्क र सस्तो मूल्यमा स्पेयर्स पार्टसहरू पाइने आईएमएस मोटर्सले जनाएको छ ।

स्याङयोङ, दक्षिण कोरियाको सबैभन्दा अभिनव र उन्नत एसयूवी ब्रान्ड ओटोमोबाइल निर्माता हो । आफ्नो स्थापना बर्ष १९५४ देखि नै कम्पनी उत्कृष्ट प्रदर्शनका लागि सम्मानित हँुदै आएको छ । सम्भवतः यसको एक मात्र कारण कम्पनीको गुणस्तरिय ईन्जिनियरिङ्ग हो । कम्पनिसँग लक्जरी कारहरू, एसयूवीहरू, पिकअप ट्रक र एमपीभिहरू छन् । कम्पनीले संसारभरी करिब १६५८ बिक्रेतामार्फत १२८ भन्दा बढी देशहरुमा निर्यात सञ्जाल विस्तार गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित