बढुवा नभएको कुण्ठा पोख्दै पुर्व डिआइजी, यसरी कमाएका थिए अकुत सम्पत्ति

uttamकाठमाडौं । पूर्व प्रहरी अधिकृतहरूका लागि सामाजिक सञ्जाल कुण्ठा पोख्ने र संगठन प्रमुखलाई गाली गर्ने थलोको रुपमा विकास हुन थालेको छ । आफु बढुवा हुन नपाएको झोंकमा संगठन प्रमुखलाई नालायाक देख्ने तथा संगठनलाई नै आँच आउने गरी गाली गर्न थालेका छन् । 

योग्यता क्षमता तथा दक्षता अभावमा बढुवा हुन नसकी डिआइजीबाटै घर गएका एक अधिकृत अहिले प्रमुखविरुद्ध गाली गलौजमा उत्रिएका छन् । गत असारमा अवकाश पाएका पूर्वडिआइजी उत्तम कार्की हाल सामाजिक सञ्जाल मार्फत संगठन प्रमुखलाई गाली गर्दै बढुवा नभएको कुण्ठा पोखिरहेका छन् ।
‘यो सबैभन्दा खराब परिदृश्य नेपाल पुलिसले आजकल भोगिरहेको छ । खराब नेतृत्वको कारण जो हरेक कोणबाट व्यक्तिवादी भएको पुष्टि हुन्छ । के सरकार नेपाल प्रहरीको नेतृत्वको निरीक्षण, नियन्त्रण गर्ने होइन ? मलाई सन्देह छ । नेपाल पुलिसको व्यावसायिकता कहाँ हरायो ? देशभित्र र विदेशभित्र नेपाल पुलिसको विश्वसनीयता न केवल जो काम गर्ने अधिकारीहरूमा रहन्छ जो अघिल्लो पुस्ताको कारण र जसले आफ्नो  बहुमूल्य जीवन बिताएको वा तिनीहरूमध्ये केही पनि जीवित छन्’, उनले लेखेका छन्,‘यसैले वर्तमान पीढीले हाम्रा पुर्खाहरू र अग्रगामीहरू द्वारा बनाईएको सबै आयहरू त्याग्ने अधिकार छैन ।’
आठ महिना अघिसम्म उनी यही संगठनमा थिए । उनी हुँदासम्म खराब नहुने उनी हिड्ने वित्तिकै प्रहरी संगठन र त्यसको नेतृत्व खराब देख्ने उनको लेखाईले त्यही पुष्टि गरेको छ । बढुवा लागि उनले धेरै दौडधुप गरेका थिए । उनी प्रहरी महानिरिक्षकको बढुवा भएको दुई महिनासम्म पनि एआइजी बढुवा नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग बढुवाको लागि याचाना गर्न पुगेका थिए । नेपाल प्रहरीमा वरिष्ठ डीआइजीहरूलाई अवकाश दिने मनसायले एआइजीको बढुवा रोकेको उजुरी गर्न गएका उनीहरूलाई प्रधामन्त्री ओलीले तपाइहरू चेनअफ कमाण्डमा आएको हो कि व्यक्तिगत रुपमा भनसुन गर्न आएको हो भनेर प्रश्न गरेपछि अक्क न बक्क भएर फर्किएका थिए ।

 त्यसपछि गृहसचिव प्रेमकुमार राइलाई भेटेर त्यही विषय भनेपछि चेनअफ कमाण्डभन्दा बाहिर गएकाले तपाइहरूलाई कारवाही हुनसक्ने भन्ने जवाफ पाएका थिए । उनी लुरुलुरु प्रहरी प्रधानकार्यालय फर्किएका थिए । त्यसको केही समयपछि उनी लगायत छविलाल जोशी, पवन खरेलले अवकाश पाएका थिए ।
कार्कीको काम भने प्रहरी संगठनविरुद्ध र प्रहरी महानीरिक्षकविरुद्ध आएका समाचारहरू सामाजिक सञ्जालमा शेयर गर्ने लाइक गर्ने काम बनेको छ, यतिबेला । यसो गर्दा उनले आफ्नै कामप्रतिको जिम्मेवारी समेत बोध गर्न बिर्सेका छन् ।

 काठमाडौ परिसरदेखि पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालयसम्मको जिम्मेवारी पाउँदा समेत ठोस काम गर्न नसकेपछि उनी सधै बढुवामा पछि परेका थिए । केही समय सिआइवीमा समेत निमित्त प्रमुख भएका पूर्वडिआइजी कार्कीलाई उपेन्द्रकान्त अर्यालले आर्थिक प्रशासन महाशाखामा पनि राखेका थिए । प्रहरीमा आर्थिक प्रशासन हेर्ने भनेको आइजीपीको निकट व्यक्तिले मात्रै हो ।
उपेन्द्रकान्त अर्यालकै पालामा उनले काठमाडौ परिसर सिआइवी तथा आर्थिक प्रशासन महाशाखा हेर्ने जिम्मेवारी पाएका थिए । अख्तियार अनुसन्धान आयोगमा बस्दा उनले काठमाडौ परिसर अन्र्तगत प्रहरी वृत्तबाट पैसा असुलेको आरोप पनि उनलाई लागेको थियो । उनले त्यहाँ बस्दा चाहिँ के–के काम गरे भनेर हेर्ने हो भने उपलब्धी देखिएको छैन । इन्चार्ज भएर बसेका स्थानमा उनको विषयमा उठेको प्रश्नबारे भने उनी जवाफदेही हुनुपर्ने तर ३० बर्ष त्यही संगठनमा विताएको एक व्यक्तिले अवकाशको केही समयपछि संगठनकैविरुद्ध सामाजिक सञ्जालमा प्रश्न उठाउदा उनलाई जवाफदेहिताको कानुनले नछुने देखिएको छ ।
पूर्व एआइजी देवेन्द्र सुवेदी, नवराज ढकाल, डिआइजी केशव अधिकारी, हेमन्त मल्ल लगायतका पूर्वअधिकृतहरू भने प्रहरी संगठनमाथि हुने गरेको आक्रमणको प्रतिरक्षामा छन् । उनी भने खोइरो खन्न तर्फ उन्मुख भएको उनको सामाजिक सञ्जालहरू लेखिएका अभिव्यक्तिले पुष्टि गर्दछ । अवकाशको लगत्तै उनले एक डिजिटल मिडियामा सेवा अवधि र अवकाश सम्बन्धी लामो लेख लेखेर राज्यलाई उपदेश दिएका थिए । त्यस्तै एक आर्थिक दैनिकमा पनि राज्य संयन्त्र व्यक्तिको हो कि राज्य हो भन्दै आफू बढुवा हुन नपाएको कुण्ठा पोखेका थिए । (जनप्रहार साप्ताहिक )

प्रतिक्रिया

सम्बन्धित