संसदबाट उत्तर दिंदै प्रधानमन्त्री ओली

kp in sansad

   काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन् । सरकारको काम–कारबाहीलाई लिएर विभिन्न प्रश्न उठिरहेका बेला प्रधानमन्त्री ओलीले बैठकलाई सम्बोधन गर्न लागेका हुन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ओलीले आज दिउँसो १ बने बस्ने प्रतिनिधिसभाको बैठकमा सरकारबारे उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि गत बिहीबार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने तयारी गरेका थिए। तर, अन्तिममा त्यो स्थगित भएको थियो। प्रधानमन्त्रीको सचिवालयले यही पुस ११ बाट सुरु संघीय संसद्को चालू अधिवेशनमा प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्ने तय भएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित