आयल निगमको कार्यकारी निर्देशकमा पौडेल

surendra

     काठमाडौं । उदयपुर सिमेन्टको महाप्रबन्धकबाट राजिनामा दिएका सुरेन्द्रप्रसाद पौडेललाई सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ। निगम स्रोतका अनुसार पौडेललाई कार्यकारी बनाउनकै लागि महाप्रबन्धकबाट राजिनामा दिन लगाइएको हो । उनले सोमबार राजिनामा दिएका थिए ।

साेमबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई आयल निगमको प्रमुखमा नियुक्त गरिएको बताइएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा पौडेललाई नियुक्त गरिएको हो।

मन्त्रालयले पौडेलसँगै तारानाथ पौडेल र अनिलकुमार झाको नाम सिफारिस गरेको थियो। सरकारले खुल्ला प्रतिस्पर्धाको माध्यमबाट उनलाइ नियुक्त गरेको छ।

अनियमितताको आरोप लागेका निगमका तत्कालिन कार्यकारी निर्देशक गोपालबहादुर खड्काले छाडेसँगै निगम निमित्तको भरमा चलिरहेको थियो। खड्का विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार नै विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित