मनोज गजुरेल भन्छन्–भ्रष्ट्राचार मानिसको भ्रष्ट आचरणसँग जोडिएको हुन्छ
काठमाडौं । चलचित्र ‘सय कडा १०’बाट हास्य कलाकार मनोज गजुरेलले चलचित्र अभिनयमा पाइला चालेका छन् । चलचित्रमा उनको साथमा राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ । माघ १८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सय कडा १०’को निर्माण यूनिटले यो चलचित्रलाई ‘भ्रष्ट्राचार विरुद्धको अभियान’ भनेर परिभाषित गरेको छ । यो चलचित्रसँग विभिन्न संघसंस्था समेत जोडिने र यसलाई अभियानका रुपमा अगाडि लैजाने योजना निर्माणपक्षको छ ।
चलचित्रको बिषयमा बोल्दै कलाकार मनोज गजुरेल भन्छन्भ्र–भष्ट्राचार बनेको घुस लिनु र दिनु मात्र होइन । मानिसको भ्रष्ट आचारणसाग जोडिएको कुरालाई भ्रष्ट्राचार भन्न सकिन्छ ।’ उनले, आफूले कहिलेकाही आफू कति सदाचारी छु भनेर समेत आफैलाई सोध्ने गरेको बताए । उनका अनुसार, चलचित्रले भ्रष्ट्राचारमा डुबेको पुरानो पुस्तालाई सुधार्न नसकेपनि नया पुस्तामा नया खालको तरंग ल्याउन मद्दत गर्नेछ । निर्मुल पार्न नसकिएको भ्रष्ट्राचारलाई सानो औषधीको रुपमा चलचित्रमा प्रेमलाई रोजिएको छ ।
चलचित्रका मुख्य कलाकार अमृत ढुंगाना यसमा प्रेमीको भूमिकामा छन् । उनको अघिल्लो चलचित्र ‘जय श्री दाम’ हलमा असफल भएकाले पनि यसको प्रभाव यो चलचित्रमा पर्छ कि भन्ने डर देखिएको छ तर अमृत भन्छन्–मलाई त्यस्तो लाग्दैन । चलचित्र चल्नका लागि दर्शकले पनि थाहा पाउनुपर्छ । मलाई युटुबमा मन पराउने मेरा फ्यानहरुले चलचित्र चलेको त थाहा पाउनुपर्यो नी ?’
हाल देशमा वाइडबडीमा अर्बौ भ्रष्ट्राचार भएको खबर बाहिरिएको छ । चलचित्रका मुख्य कलाकार मनोज गजुरेल भन्छन्–यो स्तरसम्म हुने भ्रष्ट्राचार रोक्नका लागि हामीले विद्यार्थीलाई दिएको सामाजिक शिक्षाको शैली तल्लो तहबाट नै सुधार्दै लान सक्नुपर्छ । यो चलचित्र हामी सबैको अभियान हो । जो दर्शक चलचित्र हेर्न आउनुहुन्छ, उहाहरु दर्शक नभएर भ्रष्ट्राचारविरुद्धको अभियान्ता पनि हो ।’ उनले, एउटा निर्माताले चलचित्र चलेन भने फेरि–फेरि यो अभियानका लागि करोडौ रकम खर्च गर्न नसक्ने भएकाले चलचित्र हेरिदिन सबैलाई आग्रह गरे ।
प्रतिक्रिया