निर्मला हत्या प्रकरण: दुर्गाले रगत दिँदा यज्ञराजले किन मानेनन् ?

yagyaraj

 कंचनपुर । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तकी आमा दुर्गादेवीको रगतको नमुना संकलन गरिएको छ ।

 दुर्गाले छोरी निर्मलाकै डिएनए हो वा होइन यकिन गर्न रगत दिएकी हुन् । प्रहरीले निर्मलाकै स्वाब परीक्षणका लागि पठाएको दाबी गरेपछि एकिन गर्न दुर्गाले रगत दिएकी हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा दुर्गाले लिखित निवेदन दिएपछि प्रहरीले उनको रगतको नमुना लिएको हो ।

 महाकाली अञ्चल अस्पतालको प्रयोगशालाबाट प्रहरीले दुर्गाको रगत नमुना संकलन गरेको हो । तर, निर्मलाकी बुवा यज्ञराज पन्तले भने रगतको नमुना परिक्षण गर्न अस्विकार गरेका छन् ।

 शंका हटाउनका लागि छोरीसँगको डिएनए म्याच गराउन रगतको नमुना दिएको दुर्गाले बताए पनि यज्ञराजले रगतको नमुना नदिएपछी उनीहरु बीच नै बिबाद देखिएको छ । आमाले दिने, बाबुले नदिने भएपछि विवाद उत्पन्न भएको हो । दुर्गाले श्रीमानसँग रगत दिने विषयमा सल्लाह गरेपनि श्रीमानले रगत दिन नमानेको बताइन् ।

प्रतिक्रिया

सम्बन्धित