पाँच वर्षपछि अञ्जुको कम्ब्याक
काठमाडौं । मोडल अञ्जु निरौलाले मोडलिङ क्षेत्रमा फेरि कम्ब्याक गरेकी छिन् । चार/पाँच वर्षको ग्यापपछि मोडल निरौला मोडलिङको दुनियामा फेरि प्रवेश गरेकी हुन् । निरौलाको कम्ब्याक खेम सेञ्चुरीको ‘बेलीचमेली’ बोलको गीतबाट भएको छ । उनीले म्युजिक भिडियोका साथै टेलिफिल्महरु पनि खेल्न थालेकी छिन् । जनता डिजिटल फिल्मस् प्रालिले निर्माण गरेको ‘जय पराजय’मा मोडल निरौलाले लिड रोल गरेकी छिन् ।
२०६२ सालतिर म्युजिक भिडियोहरुमा एकछत्र राज गरेकी निरौलाले व्यक्तिगत कारण चार/पाँच वर्ष मोडलिङबाट पलायन भएकी थिइन् । त्यस बेला निरौलाले अभिनय गरेको अधिकांश म्युजिक भिडियोहरु सफल भएका थिए । म्युजिक भिडियोमा निरौलालाई खेलाउन निर्माता र निर्देशकहरु कुरेर बस्थे । उनको लोकप्रियता यति थियो कि निरौला आफै पनि अचम्मित छिन् ।
चार/पाँच वर्षको दौरानमा निरौलाले विवाह गरेर बच्चा पनि जन्माइ सकेकी छन् । भन्छिन्, ‘आफ्नै व्यक्तिगत कारणले चार/पाँच वर्ष म म्युजिक भिडियोबाट गायभ भएँ । बीचमा पसल पनि गरेकी थिएँ । विवाह पनि भयो । बच्चा जन्मियो ।’ पतिको सहयोगका कारण फेरि म्युजिक भिडियो र टेलि फिल्महरुमा अभियन थालेको उनी बताउँछिन् ।
औपचारिक रुपमा अभिनय र नृत्यको कक्षा कतै नलिएकी उनले निर्देशकले एक पटक सिकाएकै भरमा अभिनय र नृत्य गर्न सक्षम हुन्छिन् । भन्छिन्, ‘अहिलेसम्म मेरो कामबाट सबैजना खुसी हुनुहुन्छ । भविष्यमा के हुन्छ थाहा छैन ।’ निरौलाको पुरानो घर वीरगञ्ज हो । अहिले उनी काठमाडौं निवासी भएकी छिन् । मोडलिङ सुरुवात गर्दा निरौलाले ०६२ सालमा ‘सुनको चुरा ल्याइदिउँला साइँली’मा अभिनय गरेको अहिले पनि स्मरण गर्छिन् । भन्छिन्,‘पहिलो म्युजिक भिडियो गरेपछि सबैले म्युजिक भिडियोहरुमा अफर गर्नुभयो, खेल्दै गएँ । पन्ध्र वर्षको दौरानमा दुई हजारभन्दा बढी म्युजिक भिडियो खेलेको छु ।’
मोडल निरौलाले ठूला फिल्मपनि खेलेकी छन् । उनले हिरोइन भएर लेखेको फिल्म ‘नसीव आफ्नो आफ्नो’ र ‘हाम्री चेली’ हुन् । तर, ती फिल्मबाट म्युजिक भिडियोहरुले जस्तो पहिचान दिन नसकेको उनी नै स्वीकार्छिंन् । तपाईको म्युजिक भिडियो यात्रा कसरी सुरुवात भएको हो ? भन्ने प्रश्नमा उनी भन्छिन्,‘मेरो आमाको साथीले म्युजिक भिडियो खेल्ने हो भनेर सोध्नु भयो । मैले हुन्छ भने । त्यसपछि लगातार मोडलिङ गरियो ।’ निरौलाद्धारा अभिनय गरिएको ‘बेलीचमेली’नामक टेलिफिल्म नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको छ ।
अहिले पनि सुरुवाती दिनकै जोश र जाँगर बोकेर मोडलिङमा कम्ब्याक गरेकी निरौलाको सुन्दरतामा कुनै कमी छैन । अहिले पनि तपाइँको सुन्दरता सुरुवाती दिनकै जस्तो छ नि ? भन्ने प्रश्नमा उनले भनिन्,–‘त्यस्तो केहीलाग्नै मलाई । यस्तै हो ।’ निर्वाचनका बेला मतदान गर्न पुगेकी उनी राजनीतिक दलप्रति भने खासै रुचि राख्दिनन् । भन्छिन्, ‘राजनीतिमा मेरो रुचि छैन । भोट भने व्यक्ति हेरेर गोप्य मतदान गरेकी हुँ ।’ म्युजिक भिडियो कलाकार संघ नेपालको संस्थापक अध्यक्ष समेत रहेकी निरौलाले कलाकारहरुको हक हितका लागि भने आफू सधैँ सचेत रहने बताउँछिन् । निरौला संस्थापक अध्यक्ष रहेको संस्थाको अध्यक्ष अहिले भने शंकर विसी रहेछन् ।
मोडलिङ गर्ने बेला कुनै पनि युवकले आफूलाई प्रेम प्रस्ताव नराखेको उनले बताइन् । सबै खालका गीत रुचाउने निरौलाले आगामी दिनम ाकला क्षेत्रलाई व्यवस्थित बनाउन आफूबाट हुने सबै सहयोग रहने बताउँछिन् । ‘अहिले आएका नयाँ पुस्ताका केही कलाकारहरुमा भित्रैबाट अभिनय गरौँ भन्ने इच्छा देखिँदैन’, उनले भनिन्, ‘हामीले त्यस बेला मेहनत गर्नु पथ्र्यो । म्युजिक भिडियो पनि राम्रो हुन्थ्यो । अहिले त आफै लगानी गरेर आफै खेलेको देखिन्छ ।’ उनी म्युजिक भिडियो र गीतहरुमा देखिएको विकृतिलाई सुधार गर्नुपर्ने बताउँछिन् ।
प्रतिक्रिया