नेपाल–भारतबीच विजुली लिने/दिने सम्बन्धमा सहमति
काठमाडौं । नेपाल र भारतबीच विद्युत आदानप्रदानका लागि ‘इनर्जी बैकिङ’ स्थापना गर्ने सहमति भएको छ। उक्त सहमति सँगै नेपालले भारतको खुला विजुली बजारमा प्रवेश पाउने भएको छ । पोखरामा भएको नेपाल–भारत सचिवस्तरीय बैठकमा भारतले आफ्नो पावर एक्सचेन्ज मार्केटमा विभिन्न मोडालिटीमा विद्युत खरिद गर्नका लागि नेपाललाई प्रवेश दिन सहमति जनाएको हो । उसले यो व्यवस्था कार्यान्वयनका लागि २ महिनाको समय मागेको छ ।
वर्षायाममा नेपालको बिजुली भारतलाई दिने र हिउँदमा भारतको नेपाल ल्याउन सहमतिमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाइ सचिव दिनेशकुमार घिमिर र भारतका तर्फबाट ऊर्जा सचिव अजय भल्लाले हस्ताक्षर गरेका छन्।
पोखरामा बुधबारदेखि सुरू भएको दुबै देशको ऊर्जा बैठकको प्रमुख एजेन्डाको रूपमा रहेको इनर्जी बैकिङमा सहमति जुटेको हो । पुस दोस्रो साता नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय विद्युत् प्राधिकरणले तयार गरेको इनर्जी बैकिङसम्बन्धी प्रस्तावलाई पोखरामा भएको सचिव स्तरीय बैठकले अनुमोदन गरेको सचिव घिमिरले बताए।
बैठकले अनुमोदन गरेपछि निर्माण सम्पन्न भई चालू रहेको ढल्केबर–मुजफ्फपुर ४०० केभी प्रसारण लाइनबाट इनर्जी बैकिङ आरम्भ हुने उनले बताए। भारतले टनकपुरमा तत्काल ५० एमभिए क्षमताको ट्रान्सफर्मर राखी नेपाललाई ८० मेगावाटसम्म बिजुली उपलब्ध गराउन सहमति पनि बैठकमा भएको छ। अहिले टनकपुरबाट ३० देखि ३५ मेगावाटमात्र बिजुली आइरहेको छ।
त्यसै गरी रक्सौल–परवानीपुर र कटैया–कुसाहा १३२ केभी प्रसारण लाइनको क्षमता विस्तार गरिदिन भारतले सहमति जनाएको छ । भारतले नौतनवा खण्डमा भारततर्फ पाँच सय मिटर भूभागभित्र नेपाललाई प्रसारण लाइन विस्तार तथा मर्मत गर्न अनुमति दिएको छ। औद्योगिक क्षेत्र भैरहवाको उक्त १३२ केभी प्रसारण लाइनको क्षमता विस्तारले थप लोड व्यवस्थापन गर्न सजिलो हुने सचिव घिमिरेले बताए।
अब भने कुनै दिनमा बढी बिजुली आवश्यक पर्दा पावर एक्सचेन्ज मार्केटबाट किन्न र कुनै दिनमा बिजुली बढी भए त्यही बेच्न सकिने व्यवस्था हुनेछ । नेपाल भारत बीच ४ कात्तिक ०७१ मा भएको विद्युत व्यापार, सीमापार प्रसारण लाइन संयोजन एवं प्रसारण सञ्जाल संयोजन सम्बन्धी सम्झौता ९पीटीए० भएको थियो । पीटीएमा दुई मलुकले साझा विद्युत बजारमा सबै आधिकारिकरअनुमतिपत्रप्राप्त सहभागीलाई सीमापार प्रसारणलाइन संयोजनमा विभेदरहित पहुँच प्रदान गर्न सहमत भएका थिए । पीटीएको मूल मर्ममै रहेर भारत नेपाललाई आफ्नो पावर एक्सचेन्ज मार्केटमा पहुँच दिन तयार भएको बताइएको छ ।
प्रतिक्रिया