पूजाले १५ लाखभन्दा कममा फिल्म नगर्ने ?
काठमाडौं । निर्देशक सुदर्शन थापाको क्याम्पभन्दा बाहिर रहेर फिल्म गर्ने जोखिम उठाउन नसकेकी पूजाले ‘प्रेमगीत’ पछि पहिलो बाहिरी ब्यानरको फिल्म ‘सम्हालिन्छ कहिले मन’ गर्न लागेकी छन् । यसअघि सुदर्शन र पूजाले मिलेर फिल्म बनाउँदै आएका थिए । तर, उक्त फिल्मको निर्मातामा उनीहरु छैनन् ।
फिल्म ‘प्रेमगीत’ मा अभिनेता प्रदीप खड्कासँग जोडी बाँधिएपछि अभिनेत्री पूजा शर्माले नसोचेको सफलता हात पारिन् । त्यसअघि केही फिल्ममा काम गरे पनि उनी दर्शकमाझ ‘नोटिस’ हुन सकेकी थिइनन् । उक्त फिल्मले उनलाई चिनाएन मात्र नेपाली फिल्म क्षेत्रमा स्थापित पनि गर्यो ।
‘प्रेमगीत’ पछि उनले गरेका कुनै फिल्म बक्सअफिसमा असफल भयका छैनन् । ‘म यस्तो गीत गाउँछु’ र यस वर्ष प्रदर्शनमा आएको फिल्म ‘रामकहानी’ले राम्रो कमाई गरयो ।एक पछि अर्को हिट फिल्मकी धनी पूजा अब नयाँ फिल्म ‘सम्हालिन्छ कहिले मन’ गर्दैछिन् । यसमा आकाश श्रेष्ठ र सोनम तोप्देन उनका हिरो छन् ।
यो फिल्म निर्देशन गर्न सुदर्शनले ३५ लाख बढी पारिश्रमिक बुझेको चर्चा छ । आकाशले १० लाख र सोनमले साढे ८ लाख पारिश्रमिक बुझेका छन् । अभिनेत्री पूजाले भने दुई अभिनेताभन्दा बढी पारिश्रमिक हात पारेकी छन् । उनले १५ लाखमा फिल्म साइन गरेको एग्रिमेन्ट पेपर नै सार्वजनिक गरेकी थिइन् ।
आइतबार उक्त फिल्मको घोषणा सभामा पत्रकारले उनीमाथि पारिश्रमिकको विषयमा प्रश्न गरे– ‘अब १५ लाखभन्दा कम पारिश्रमिकमा काम नगर्ने हो वा राम्रो कथा भेटे कममा पनि गर्नुहुन्छ ?’ उनले जवाफमा भनिन्, ‘सीमित बजेट छ तर कथा राम्रो छ भने १५ लाखभन्दा कममा पनि गर्छु । नभए गर्दिनँ ।’
उनको उतm भनाईले भने सबैको मनमा एउटा प्रश्न उठ्नु स्वभाविक हो । कतै पूजाले ु१५ लाख पाएको खण्डमा कथा मन नपरे पनि फिल्म गर्छुु भन्न खोजेकी त होइनन् ?
प्रतिक्रिया