मेरो पेशा बुझ्ने घरमा जाँदैछु त्यसैले म ढुक्क छु : बर्षा राउत

 

 

 

  barsha-raut-and-sanjog-koiralaकाठमाडौं । केही दिन अगाडि सामाजिक सञ्जालमा एक निमन्त्रणा कार्डमार्फत् विवाहको मिति घोषणा गरेका अभिनेत्री वर्षा राउत र अभिनेता तथा व्यवसायी संजोग कोइराला चाँडै जीवनको नयाँ अध्याय सुरु गर्दैछन् । करीब ७ वर्ष लामो प्रेम सम्बन्धलाई उनीहरु विवाहमा परिणत गर्दैछन् । प्रेम गर्नेहरुका लागि विशेष दिन अर्थात् भ्यालेन्टाइन डे (फागुन २ गते) को दिन दुईले अग्नीलाई साक्षी राखेर सात जन्मसम्म सँगै रहने कसम खाँदैछन् । । अहिले दुबै विवाहको तयारीमा जुटेका छन् । दुईको भेट ७ वर्ष अगाडि एक फिल्मको अडिसनको क्रममा भएको थियो । त्यस भेटपछि उनीहरु एकअर्कासँग नजिक भएका थिए ।

वर्षालाई फिल्ममा भ्याइनभ्याइ छ भने संजोग फिल्मभन्दा बढी आफ्नो व्यवसायमा व्यस्त छन् ।विवाहपछि वर्षाले फिल्म गर्छिन् वा गर्दिनन् भन्ने थुप्रैले जिज्ञासा राखिरहेका छन् । वर्षा भने आफू विवाहपछि पनि फिल्म गर्न नछाड्ने बताउँछिन् । मंगलवार फिल्म 'गोपी' को स्पेशल सोमा संजोगसँग पुगेकी वर्षाले सञ्चारकर्मीसँग भनिन्, 'मेरो पेशा बुझ्ने घरमा जाँदैछु । मलाई विवाहपछि पनि काम गर्न कुनै रोकथोक हुने छैन भन्नेमा ढुक्क छु ।'

यो कुरालाई संजोग ले मिठो शैलीमा भने, 'संजोग कोइरालाको परिवारले कामलाई धर्म मान्छ । त्यसैले वर्षाको धर्म परिवर्तन गर्दैन ।' विवाहपछि त झन् उनले उत्कृष्ट फिल्म गर्छिन् ।'चुलबुले स्वभावकी वर्षाले विवाह खर्च भने दुबै पक्षको जोडेर एउटा राम्रो फिल्म बनाउन पुग्ने बताइन् । उनले भनिन्, 'मेरो र संजोगको जोडेर एक करोड त छुन्छ होला ।'

संजोगको घरमा 'वर्किङ भिसा' मा जान लागेको र स्वाभलम्बी अभिनेत्री अर्काको घरमा गृहणी बन्न लागेको प्रशंसकको केही कमेन्टले दुःखी वर्षा अगाडि भन्छिन्, 'नोकर हुन जान लागेको होइन । एउटा बुहारी भएर जान लागेको हुँ ।'

 

प्रतिक्रिया

सम्बन्धित