‘गोपी’को सन्देशः असफलतानै सफल्ताको मार्ग दर्शक
काठमाडौं । माघ १८ मा रिलिज हुन लागेको चलचित्र ‘गोपी’को विशेष शो दोश्रो पटक काठमाण्डौमा आयोजना गरिएको छ ।
बुधबार सिटी सेन्टरको बिग मुभिजमा आयोजना गरिएको ‘गोपी’ को विशेष शोमा कृषि मन्त्री चक्रपाणी खनालले फिल्मले किसानको वास्तविक समस्या देखाएकोमा खुसी व्यक्त गरे । उनले भने, 'किसानका धेरै समस्याहरु छन् । फिल्मले देखाएको किसानको समस्यालाई सरकारले समाधान गर्नेछ ।' उनले ‘गोपी’ लाई केही सहयोग गर्ने आश्वासन पनि दिए ।
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले फिल्मले नेपालका किसानहरुको वास्तविकता उतारेको बताइन् । उनले भनिन्, 'किसानहरुको समस्यालाई फिल्मले एकदमै सहज र सरल तरिकाले उठाएको छ । यही नै हो किसान र कृषि क्षेत्रको वास्तविक समस्या भनेकै ।'
नेपाल डेरी एसोसिएसनका निर्वतमान अध्यक्ष तथा सिताराम गोकुल मिल्कका प्रवन्ध निर्देशक सुमित केडियाले किसानको समस्या मात्र फिल्मले उजागर गरेको बताए । उनी डेरी क्षेत्रमा पनि ठूलो समस्या रहेको बताउँछन् । उनले भविष्यमा डेरी क्षेत्रको समस्यामाथि पनि फिल्म निर्माण गर्न आग्रह गरे ।
चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन् । चलचित्रमा विपिन कार्की, सुरक्षा पन्त र बर्षा राउत, अंकित खड्काको मुख्य भूमिका छ । सामिप्यराज तिमिल्सिनाको लेखनमा तयार भएको चलचित्रले परिश्रम गरे, असफलतानै सफल्ताको मार्ग दर्शक हो भन्ने कथालाई उठान गरेको छ ।
प्रतिक्रिया