क्यान्सरको जंग जितेर पर्दामा फर्किदैं सोनाली
काठमाडौं । सोनालीलाई क्यान्सर भएको खबरले सबैलाई चिन्तीत् तुल्यायो । सोनाली आफ्नो उपचारको लागी केहि महिना अमेरिकामा नै रहिन् । आफ्नो सकारात्मक ऊर्जा र जोश को मद्दतले उनी ज्यान नै लिने रोगलाई जितेर पूर्ण रुपमा ठिक भइ भारत फर्किइन् । अब भने छिट्टै उनका फ्यानहरुले उनलाई पर्दामा देख्ने छन् ।
हालसालै इन्स्टाग्राममा एउटा फोटो राख्दै सोनालीले लेखिन–'म धेरै तह तह पार गर्दै लामो आराम पछि सेटमा फर्कियकी छु । केही अजीब लागीरहेको छ ।' सोनालीले थपिन– 'म यसरी काममा फर्किदा धेरै खुसी महसुस गरिरहेकी छु । म सोच्न पनि सक्दिनँ कि म अहिले कति खुशि छु ।'
अभिनेत्री ले लेखिन्–'क्यामेराको सामना गर्न र अभिव्यक्ति देखाउनका लागि, केहि महिनाको लागी मेरो भावनाहरु मर्नुपरेको थियो अब यी भावनालाई म ब्यातm गर्न चहान्छु । जुन कामको लागी हुनेछ ।'
हिजोआज सोनाली पढ्न लेख्नमा लागीरहेकीछन् । क्यान्सर सँगको जंग जितेर वापस आएकी सोनाली को भोगाईबाट फ्यानहरुलाई जिन्दगीमा कहिले पनि हार मान्नु हुदैंन भन्ने म्यासेज पनि दिएको छ । आसा गरौं उनी अब छिट्टै पर्दामा देखिने छिन् ।
प्रतिक्रिया