‘सरौतो’ मा सुमी र सन्नीको नयाँ अवतार

 

 

   Capture_7काठमाडौं । करीब १ दशकदेखि भिडियो, फिल्म र विज्ञापनमा छायाँकारको रुपमा सक्रिय हरी हुमागाईंले निर्देशन गर्ने चलचित्र ‘सरौतो’ मा सुमी मोक्तानलाई देख्न पाइने भएको छ । मोडलबाट अभिनेत्रीमा जम्प गरेकी सुमी एक्सन लेडीको रुपमा प्रस्तुत हुँदैछन् ।

माघ २२ गतेबाट छायांकन सुरु हुने चलचित्र ‘सरौतो’ को आइतबार राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरिएको हो । चलचित्रमा विजय लामा, युवराज लामा, अमिर गौतम, अरुणा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

चलचित्रको घोषणा सभामा निर्देशक हरीले छायाँकारको रुपमा संगालेको अनुभवलाई निर्देशनमा प्रयोग गर्ने बताए । २० भन्दा बढी चलचित्र खिचिसकेका उनले फिल्म निर्देशनमा आफ्नो पहिलो प्रयास भए पनि उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

अभिनेत्री सुमीले चलचित्रका लागि २ वर्षदेखि एक्सन ट्रेनिङ लिएको बताइन् । उनले भनिन्, ‘चलचित्रमा मेरो भूमिका एकदमै चुनौतीपूर्ण छ । यद्यपि, चलचित्रको चरित्रलाई न्याय गर्ने इमान्दार प्रयत्न गर्नेछु ।’ अभिनेता सन्नीले पनि भूमिका राम्रो भएकाले चलचित्र नकार्न नसकेको बताए ।

उत्तम हुमागाईंको छायांकन रहने चलचित्र राघव कृष्ण गौतमको कथामा निर्माण हुन लागेकोे हो । चलचित्रलाई श्री महर्जनले निर्माण गर्नेछन् । राजनराज सिवाकोटी, पुष्पन प्रधान, कमल खत्री र कोशिश क्षेत्रीको संगीत रहने चलचित्र काठमाडौं र बारामा खिचिनेछ ।

प्रतिक्रिया

सम्बन्धित