‘क्याप्टेन’ ट्रेलर युटुबको ट्रेन्डिङमा किन देखीएन ?

 

 

 

   Capture_8काठमाडौं । युटुबको ट्रेन्डिङको पहिलो नम्बरमा लामो समय बसेका चलचित्रका प्रचार सामाग्रीले पनि हलमा हावा खाएका पनि सुनेकै छौं, तर, अहिले नेपाली चलचित्रका मेकरका लागि युटुबको ट्रेन्डिङ सफलताको एउटा कडी नै बनेको छ । कुनै पनि चलचित्रको ट्रेलर वा गीत युटुबको ट्रेन्डिङमा आउँदैमा त्यसले हलमा बम्पर कारोबार गर्ने पनि होइन ।

एक दिनमै ८ लाख भन्दा बढी भ्यूज पाएको र ३६ घन्टा नवित्दै १० लाख भ्यूज पाएको नायक अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’को ट्रेलर सार्वजनिक भएको ४ दिन बित्दा पनि युटुबको ट्रेन्डिङमै नपर्दा यसका निर्माता भूवन केसीलाई टाउको दुखाइको बिषय बनेको छ ।

ओएसआर डिजिटलबाट सार्वजनिक भएको ‘क्याप्टेन’को ट्रेलरले युटुबमा तहल्का नै मच्चाएको छ भने सामाजिक संजालमा पनि खुबै शेयर गरिएको छ । तर, यति हुँदा हुँदै पनि युटुबको ट्रेन्डिङमा नआउँदा दर्शक र मिडियाले यसको निर्माणपक्षसँग प्रश्न राख्न थालेका छन् ।

यस बिषयमा नायक भूवन केसीले भने–‘यो हामीसँग जोडिएको बिषय होइन । ट्रेन्डिङमा किन आएन भन्ने कुरा ओएसआर डिजिटललाई नै बढी थाहा होला । तर, दर्शकले जुन तरिकाले हाम्रो चलचित्रको ट्रेलरलाई मन पराइदिनु भएको छ, लाइक र कमेन्ट गरिदिनुभएको छ, यसले हामीलाई खुशी दिलाएको छ ।’

नायक केसीले ‘क्याप्टेन’को ट्रेलरले युटुबमा पाएको दर्शकको माया नै आफूहरुका लागि ठूलो कुरा भएको बताए । उनले अगाडि भने–‘ट्रेन्डिङमा नपर्नुको कारण ओएसआरको प्राविधिक समस्या हो या लापरवाही हो, मलाई थाहा भएन ।’

यता, ओएसआर डिजिटलका प्रमुख ओम अग्रवाल भन्छन्–‘अहिले हामी पनि यो प्रश्नले हैरान भएका छौ । यो प्राविधिक कुरा हो । हाम्रो नै च्यानलबाट बिहिबार अर्को चलचित्र ‘यात्रा’को टिजर सार्वजनिक भएको थियो । जसले ट्रेन्डिङमा आफ्नो स्थान बनायो । एउटै च्यानलबाट सार्वजनिक भएका २ वटा सामाग्री युटुबको ट्रेन्डिङमा आउन सक्दैनन् । यसैले ‘क्याप्टेन’ ट्रेन्डिङमा नआएको हो ।’

उनले अगाडि भने–‘हामीले यस बिषयमा युटुबलाई इमेल पनि गरेका छौ । अहिले ‘यात्रा’को टिजर भन्दा ‘क्याप्टेन’को ट्रेलरको दर्शक नेपालमा पनि माथि छन् । तर, युटुबमा आएको समस्याको कारण अपडेट नभएको हो । आशा गरौ, चाडै नै अपडेट हुनेछ ।’

के तपाइहरुले भ्यूज बुष्ट गर्नुभएको हो भन्ने प्रश्नमा उनले भने–‘हामीले त्यस्तो केही गरेका छैनौ, तपाइहरु हाम्रै कार्यलयमा आएर पनि हेर्न सक्नुहुनेछ । यात्राको टिजर र क्याप्टेनको ट्रेलर दुबैलाई दर्शकले मनपराइदिनुभएको छ ।’
उनले ‘क्याप्टेन’को ट्रेलरले युटुबमा निकै राम्रो प्रतिक्रिया पाएको बताउँदै भ्यूजमा पनि रेकर्ड तोडेको बताए ।

 

प्रतिक्रिया

सम्बन्धित