अञ्जु पन्तको कार्यक्रममा बबाल

काठमाडौं । क्रिश्चियन धर्म अंगालेकी गायिका अञ्जु पन्तले हिन्दू धर्मविरुद्ध बिष बमन गर्ने गरेको कुरा त पुरानै हो । क्रिश्चियन धर्मको प्रचारमा खुलेरै हिँड्न थालेकी गायिका पन्तले क्रिश्चियनहरूको प्रवचनमा हिन्दू धर्मको उछितो काढ्दै आएकी छन् । गायिका पन्तले हिन्दू धर्मको मात्र नभइ मुस्लिम धर्मको पनि विरोध गर्ने गरेकी छिन् । क्रिश्चियनको प्रवचनमा पन्तले मुस्लिम धर्मलाई तथानाम भनेको केही दिन अगाडि सार्वजनिक भएको गायिका पन्तको भिडियोमा उल्लेख छ । यसैबीच,गायिका पन्तलाई चर्चाको शिखरमा पु-याएको ‘तिम्ले पराई ठानेपछि पराई हुन के भयो र...’ बोलको गीतका संगीतकार सन्तोष श्रेष्ठका विषयमा जथाभावी बोलेर विवादमा परेकी छिन् ।

क्रिश्चियन धर्मलाई संरक्षण गर्न बनके े ‘अञ्ज ु पन्त प्रतिष्ठान’का लागि रकम संकलन गर्न प्रज्ञा भवन कमलादीमा केही दिन अगाडि आयोजित अञ्जु पन्त एकल साँझमा उनले संगीतकार सन्तोष श्रेष्ठलाई होच्याउने गरेर अभिव्यक्ति दिएकी हुन् । कार्यक्रममा गायिका पन्तले ‘तिम्ले पराई ठानेपछि पराई हुन के भयो र...’ गीतका संगीतकार श्रेष्ठलाई होच्याउँदै ‘सन्तोष केसी’ भनेर सम्बोधन गरेकी थिइन् ।

गायिका पन्तको त्यस्तो हर्कतले चित्त नबुझेपछि सञ्चारकर्मीहरू र सहभागीहरूले हुटिङ समेत गरेका थिए । संगीतकार श्रेष्ठ चर्चित संगीतकार हुन् । श्रेष्ठसँग थुप्रै गीतमा काम गरेकी पन्तले जानीजानी नाम गलत अर्थ लाग्ने गरेर उच्चारण गरेको आरोप छ । उनीहरूले गायिका पन्तलाई संगीतकार सन्तोष श्रेष्ठलाई होच्याएको भनेर माफी माग्नुपर्ने अन्यथा कार्यक्रम बहिष्कार गर्नेसम्मको धम्की दिएका थिए । त्यसपछि पन्तले संगीतकार श्रेष्ठको नाम उच्चारणका बेला अन्यथा भएको बताइन् । तर, माफी भने मागिनन् ।

सञ्चारकर्मी माधव निर्दोषले गायिका पन्तको त्यस्तो चर्तिकला देखेर आयोजकलाई फोन गरेरै माफी नमागे कार्यक्रम बहिष्कार चेतावनी समेत दिएका थिए ।यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ

प्रतिक्रिया

सम्बन्धित