सुबिन भट्टराई अब फिल्म निर्देशक !

Subin-Bhattarai1

   काठमाडौं । 'समर लभ', 'साया', 'प्रिय सुफी', 'मनसुन' जस्ता सफल पुस्तकका लेखक सुबिन भट्टराई युवापुस्तामाझ निकै लोकप्रिय छन् । उनका हरेक नयाँ पुस्तकको युवापुस्तामा व्यग्र प्रतिक्षा हुने गर्दछ । अहिले उनी नयाँ पुस्तक 'प्रिय सुफी' का कारण चर्चामा छन् । उनको चर्चित उपन्यास 'समर लभ' माथि फिल्म नै निर्माण भइसकेको छ । यही शुक्रवार फिल्म रिलिज हुँदैछ ।

नेपालमा कृतिमाथि आधारित भएर निर्माण भएका फिल्मले पुस्तकलाई न्याय गर्न नसकेको आरोप लाग्दै आएको छ । अपवाद छाड्ने हो भने पुस्तकमाथि बनेका फिल्मले घरेलु बजारमा राम्रो पैसा छाप्न पनि सकेका छैनन् । सुबिनलाई पनि पुस्तकको इज्जत फिल्मले जगाउला कि नजोगाउला भन्नेमा ठूलो चिन्ता छ ।

उनी भन्छन्, पुस्तकमा जसरी कथा बगेको छ फिल्ममा पनि त्यसरी नै बगेको छ । पुस्तक ठ्याक्कै फिल्ममा उतारिएको छ । पुस्तक पढ्नेरनपढ्ने दुबै दर्शकलाई फिल्मले निराश बनाउँदैन ।' उनी फिल्मको ट्रेलर हेरेपछि आफ्ना प्रशंसकहरु कसैबाट पनि प्रतिक्रिया राम्रो नआएको सुनाउँछन् ।

पुस्तक पढेकाले भन्दा नपढेकाले फिल्मबाट बढी मनोरञ्जन लिने सुबिनको निष्कर्ष छ । 'पुस्तक पढेकाहरु 'जजमेन्टल' हिसाबमा जान्छन् । कमी कमजोरीहरु बढी खोज्छन् । तर, पुस्तक पढेका वा नपढेका जो कोहीले पनि फिल्म रुचाउनुहुन्छ भन्नेमा चाहिँ म विश्वस्त छु', उनले भने । उनी आफूलाई पुस्तकसँगै फिल्म लेख्ने चाहना पनि अत्याधिक रहेको बताउँछन् ।

'फिल्मतिर मेरो 'इन्ट्रेस्ट' एकदमै छ । मलाई पुस्तक लेख्नुभन्दा अगाडि फिल्मका लागि कथा लेख्ने चाहना थियो । केही लेखेँ पनि तर त्यसै थन्किएु, उनले अगाडि भने, 'भोलीका दिनमा अफर आयो भने फिल्मका लागि पनि कथा लेख्छु ।' उनले भविष्यमा आफैंले फिल्म निर्देशन गर्ने सोचमा रहेको पनि बताए ।

'फिल्म निर्देशन गर्ने सोचमा समेत छु तर त्यो कहिले पूरा हुन्छ थाहा छैन । तर, हतार भने गर्दिनँ', उनले भने । विस्तारै फिल्म क्षेत्रका व्यक्तिसँग संगत बढिरहेको बताउँदै उनले आफूले फिल्मका लागि थुप्रै कथाको खेस्रा तयार पारेको पनि बताए । सुबिनमा अब फिल्मको स्क्रिनप्ले र पुस्तक लेखनलाई एकसाथ लैजाने सोच छ ।

प्रतिक्रिया

सम्बन्धित