चाँगु लेकमा आर्यन र प्रियंकाको रोमान्टिक अबतार

aaryan and priyanka (3)

   काठमाडौं । एक समय नेपाली फिल्ममा आफ्नो वर्चश्व कायम गरेका चकलेटी हिरो आर्यन सिग्देल र अहिलेकी सर्वाधिक व्यस्त अभिनेत्री प्रियंका कार्की पुनः एकपटक सिल्भर स्क्रिनमा देखिँदैछन् । 'कलिउड', 'क्लासिक', 'माला', 'छक्का पञ्जा' लगायतका केही फिल्ममा सँगै काम उनीहरु विकासराज आचार्य निर्देशित नयाँ फिल्म 'हजार जुनीसम्म' मा जोडीको रुपमा छन् ।

अहिले आर्यन र प्रियंकको पीडा एउटै छ । दुबैका फिल्म पछिल्लो समय लगातार असफल छन् । आफ्नो साख जोगाउनै हम्मेहम्मे परिरहेको अवस्थामा पुनः स्क्रिन साझेदारी गरेका उनीहरु यस फिल्ममा पूर्व प्रेम–प्रेमिकाको भूमिकामा देखिने बताइएको छ । फिल्ममा आर्यन एक छोराको पिताको भूमिकामा छन् । यसमा उनले आफ्नो गेटअपमा निकै परिवर्तन गरेका छन् ।

पिताको भूमिकामा फिट देखिन उनले दाह्री र जुँगा निकै बढाएका छन् । यस फिल्मबाट हिरोको रुपमा अक्की प्रधानले डेब्यु गरेका छन् । फिल्ममा अक्की, आर्यनको छोराको भूमिकामा देखिनेछन् । उनको जोडी अभिनेत्री स्वस्तिमासँग बाँधिएको छ । सलोन बस्नेत, शिवहरी पौडेल, उत्तम केसीलगायतका कलाकारहरुको पनि यसमा अभिनय रहेको छ ।

हालै फिल्मको एक रोमान्टिक गीत सिक्किमको हिमाली भेगमा खिचिएको छ । माइनस ४ डिग्री तापक्रम रहेको चाँगु लेकमा खिचिएको गीतमा आर्यन र प्रियंकालाई फिचर गरिएको छ । गीत छायांकनको क्रममा खिचिएको तश्बिरमा दुईलाई रोमान्टिक मुडमा देख्न सकिन्छ । प्रियंका भने निकै बोल्ड देखिएकी छन् ।

aaryan and priyanka (4)

फिल्मलाई सिक्किमका सिएम पवन चाम्लिङका जेठा छोरा विशाल चाम्लिङले निर्माण गरेका छन् । फिल्मको काठमाडौं, पोखरा र सिक्किममा छायांकन भएको छ । केही दिनमा फिल्मको सम्पूर्ण छायांकन सकिने निर्माण टिमले जानकारी दिएको छ । बुबा र छोराको कथा वाचन गर्ने फिल्मको कथा सामिप्यराज तिमिल्सना र निर्देशक आचार्यको हो ।

प्रतिक्रिया

सम्बन्धित