चलचित्र ‘रुमालै छ चिनो’को गीत सार्वजनिक (भडियो सहित)
काठमाडौं । चलचित्र ‘रुमालै छ चिनो’को लोकशैलीको 'आमा नबस्नु पर्खेर’ बोलको गीत सार्वजनिक भएको छ । लोकशैलीमा रहेको यो गीतमा नायक सुशान्त कार्कीलाई देखाइएको छ । उनको साथमा नायिका संचिता लुइटेल, किशोर खतिवडा लगायतका कलाकारलाई पनि देखाइएको छ । युद्धमा सहभागी भएको एक सिपाहीले घरपरिवारलाई संझिदाको पीडा यो गीतमा देखाउन खोजिएको छ ।
विरही कार्कीको स्वर रहेको गीतमले नेपाली लाउरेहरुको कथालाई यो देखाउन खोजेको छ । नायक सुशान्त कार्कीले इन्डियन लाउरेको भूमिका निर्वाहा गरेको यो चलचित्रमा अप्सना थापालाई नायिकाको रुपमा देख्न सकिन्छ ।
चलचित्रमा रेशम थापाको कथावस्तु रहेको चलचित्रमा चन्द्र बहादुर खड्का, दीपक ढकाल र राम पाण्डेले संयुक्त लगानी रहेको छ । दिनेश सिंह ठकुरीको निर्देशनमा तयार भएको चलचित्र फागूण १० गतेबाट रिलिज हुँदैछ ।
प्रतिक्रिया