हनुमन्ते सफाई अभियानको ५१औं हप्तामा प्रचण्डको उपस्थितीमा झण्डोत्तोलन
भक्तपुर । ‘उठौं, जागौं, हनुमन्ते नदी सफा गर्न सबै लागौं’ भन्ने मुला नाराका साथ शुरु भएको हनुमन्ते नदिको सफाई अभियानको ५१औं हप्ता विशेष हुने भएको छ । अभियानको ५१औं हप्ताको दिन फागुन ४ गते शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भक्तपुरको सल्लाघारीमा झण्डोत्तोलन गरी सफाइ अभियानको उद्घाटन गर्ने भएका छन् ।
स्वच्छ, सुन्दर र हराभर भक्तपुर बनाउने उद्देश्यका साथ नेकपाका युवा नेता तथा प्रतिनिभिसभा सदस्य महेश बस्नेतको विशेष पहलमा शुरु भएको सफाई अभियानले उल्लेखनिय सफलता पाइसकेको छ । सामाजिक क्रियाकलापमा सक्रिय बस्नेतले हनुमन्ते नदि सफाई अभियानसँगै करिडोर निर्माण, अरनिको राजमार्ग केन्द्रित सफाई अभियान, भक्तपुरमा प्रस्तावित प्राणी उद्यान केन्द्र, सभाहल, स्टेडियम निर्माण तथा कोटेश्वरको जाम न्यूनिकरणका लागि विशेष पहल गर्दै आइरहेका छन् ।
फाल्गुन ४ गते ऐतिहासिक नगरी भक्तपुरमा वाकाथुनसहित राष्ट्रिय झण्डा प्रतिस्थापन गरिने भएको हो । बिहान ७ बजे मध्यपुर अस्पतालनजिक दक्षिण हनुमन्ते पुलमा राष्ट्रिय धावक वैकुण्ठ मानन्धरको समेत सहभागितामा वाकाथुन सहित झण्डोत्तोलन कार्यक्रमको आयोजना गरिएको अभियानका प्रमुख सल्लाहकार एवम् सांसद महेश बस्नेतले बताए ।
सफाई अभियानमा भक्तपुरका प्राय सबै जनप्रतिनिधिका साथसाथै स्थानीयबासी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीदेखि विद्यालय स्तरको पनि सहभागिता रहँदै आएको छ । त्यसैले पनि हनुमन्ते नदीको सफाई अभियान एउटा उदाहरणिय मात्र नभई एक आपसमा स्थानीय जनतासँग प्रतिनिधिससँगको सहकार्यको महत्वपूर्ण पक्षको रुपमा स्थापित भइसकेको छ ।
यस अघि पनि पटक–पटक सांसद महेश बस्नेतले हनुमन्ते नदीलाई आगामी एक बर्ष भित्र स्वस्छ बनाउने प्रतिवद्धता जाहेर गर्दै नदीलाई ढलमुक्त बनाउने जनाईसकेका छन् । अहिलेको अवस्थालाई मध्यनजर गर्ने हो भने उनको भनाईले सफलता पाउनेमा दुईमत छैन ।
भक्तपुरलाई सफा, सुन्दर, शान्त, धार्मिक, सांस्कृतिक पर्यटकीय स्थलको रुपमा विकास गरिने बताउँदै सांसद बस्नेतले सरकारले सन् २०३० सम्ममा देशलाई फोहोरमुक्त बनाउन अगाडि सारेको अभियानलाई पनि सँगसँगै लैजाने बताइसकेका छन् ।
प्रतिक्रिया