‘मारुनी’ को शुभ मुहूर्त, खुसी मुद्रामा देखिए तीन स्टार्स

movie maruni (1)

   काठमाडौं । फागुन दोस्रो साताबाट छायांकन सुरु हुने फिल्म फिल्म ‘मारुनी’ को शुभ मुहूर्त गरिएको छ । शुक्रवार बिहान कमलादी स्थित गणेस्थान मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै मुहूर्त गरिएको हो । मुहूर्तमा कलाकार, निर्देशक र निर्माताको उपस्थिति थियो ।

यस फिल्ममा अभिनेत्रीमा अहिलेकी ुहटकेकु साम्राज्ञी आरएल शाह लिड रोलमा छिन् । साथमा ‘मंगलम’ बाट उदाउँदो स्टारको उपमा पाएका पुष्पल खड्का र नव–अभिनेत्री रेविका गुरुङको पनि प्रमुख भूमिका रहनेछ । मुहूर्तमा खुसी मुद्रामा देखिएका तीनै स्टार्स फिल्मलाई लिएर निकै उत्साहित देखिन्थे । चलचित्रको छायांकन भने १० दिनपछि सुरु हुनेछ । छायांकार संजय लामा अर्को चलचित्रमा व्यस्त भएकाले यसको छायांकन केही ढिलो सुरु हुन लागेको हो ।

चलचित्रमा बाल–कलाकारको रुपमा कुशाग्र भट्टराई, स्वर्णिम पौडेल, सेफिअन्स लम्साल र साइरा आचार्यको मुख्य भूमिका रहनेछ । कार्यक्रममा बोल्दै निर्मात्री पूनम गौतमले भनिन्–‘हामी एउटा फरक कथामा चलचित्र निर्माण गर्दैछौ । दर्शकको मायाले यो चलचित्र सफल हुनेमा विश्वस्त छु ।’ निर्देशक नवल नेपालले चलचित्रले मनको कथा बोल्ने बताए । उनले चलचित्र हेरिसकेपछि दर्शकलाई फ्रेस कथा लाग्ने बताए ।

maruni

चलचित्रकी मुख्य नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि कथा मनपरेपछि आफू काम गर्नका लागि उत्साहित भएको बताइन् । उनले भनिन्–‘म पहिलो पटक कुनै चलचित्रको शुभसाइतमा मन्दिर आएकी हुँ । मन्दिर आएपछि अब आफ्ना सबै काम राम्रो हुन्छन् भन्ने लागेको छ । यो चलचित्र पनि राम्रो बन्नेछ, दर्शकलाई ढुक्क हुन आग्रह गर्दछु ।’

चलचित्रका मुख्य नायक पुष्पल खड्का र नायिका रेविका गुरुङले पनि चलचित्रको कथावस्तु राम्रो रहेको सुनाए । कार्यक्रममा कृष्ण गौतमले क्ल्याप हानेका थिए भने साम्राज्ञी आफैले मुहुर्त सर्टको निर्देशन गरेकी थिइन् । यो चलचित्रलाई आउँदो बर्षको भदौ १३ गतेबाट रिलिज गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित