बालिकाको बलात्कारपछि हत्या गरेर शव जलाउने अभियुक्त सार्वजनिक

hatyaa

 धनुषा । ११ वर्षीय बालिकाको बलात्कारपछि हत्या गरेर शव जलाउने अभियुक्त निरज जर्गा मगरलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

 फागुन २ गते मिथिला नगरपालिका–३ हरीहरपुर, मगर टोलमा मौले कामीको उखुबारीमा नग्न अवस्थामा आधा जलेको अवस्थामा बालिका दुतिया रसाइलीको शव फेला परेको थियो ।

 रसाइलीको फागुन १ गते राति नै बलात्कारपछि हत्या गरी शव जलाएको अभियोगमा प्रहरीले बटेश्वर–४ बैगाली टोल निवासी २२ वर्षीय निरज जर्गा मगरलाई पक्राउ गरेको छ । मगरलाई जिल्ला प्रहरी कार्यालय धनुषामा मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

 मगरले बोल्न नसक्ने रेश्मालाई फ्रुटी र चाउचाउको लोभ देखाई फकाएर उखुबारीमा बलात्कारपछि निर्मम हत्या गरेको बयान प्रहरीलाई दिएका छन् । घटना लुकाउनका लागि निरजले शव जलाउने प्रयास गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक शेखर खनालले बताए ।

 फागुन १ गते राति इन्द्र थापा मगरकी छोरी मन्दिराको बिहेभोजमा नाच्दै गरेकी रेश्मालाई त्यहीँबाट फकाएर लगि निरजले बलात्कारपछि हत्या गरेको स्विकारेको  एसपी खनालले वताए  ।

प्रतिक्रिया

सम्बन्धित